मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हाच्छ्युँ आउँदा आँखा किन बन्द हुन्छ ?

हामी सबैलाई थाहा भएको कुरा हो हाच्छ्युँ आउँदा हामी सबैको आँखा बन्द हुने गर्छ । तर यो किन हुन्छ भन्ने बारेमा भने थाहा नहुन सक्छ । त्यसैले आज हामी हाच्छ्युँ आउँदा आँखा किन बन्द हुन्छ भन्ने बारेमा जानकारी गराउने छौँ ।

हाच्छ्युँ आउनु स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । हाच्छ्युँ गर्दा शरीरमा रहेका हानिकारक तत्त्व बाहिर निस्किने गर्दछन् ।

सामान्यतया हाच्छ्युँ आउनु शरीरको पाचन प्रक्रियाको एक हिस्सा हो । यसले शरीरलाई स्वस्थ बनाउन मद्दत गर्छ ।

यसलाई प्रतिरोधी तन्त्रको प्रक्रियामा पनि निकै महत्त्वपूर्ण भाग मानिन्छ । त्यसैले हाच्छ्युँ आउनु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।

हाच्छ्युँ गर्दाको समय आँखा खोलिराख्नु असम्भव छ र यो समयमा मुटुको गति एक मिलीसेकेन्डको लागि रोकिन्छ ।

चिकित्सकका अनुसार जब हाम्रो नाकमा कुनै चीज प्रवेश गर्न खोज्छ, यस्तो हुँदा हाच्छ्युँको मुख्य सङ्केत दिने दिमागको एक भागमा तीव्र प्रवाह हुन्छ ।

यो हाम्रो दिमागको तल्लो भागमा हुने गर्दछ । यो भागले हाच्छ्युँ आएकोबारे हाम्रो दिमागको उक्त भागलाई तीव्र रूपमा सङ्केत दिने काम गर्छ । जसका कारण हाम्रो घाँटी, आँखा र मुख बन्द हुने गर्दछ ।

त्यसको परिणामस्वरूप हावाको एक झोँक्का हाम्रो मुख र नाकबाट बाहिर निस्किने गर्दछ, जसलाई हामी हाच्छ्युँ भन्ने गर्दछौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?