मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन फर्किन्छ खुट्टा ? कसरी गर्ने उपचार ?

कम्मरभन्दा तल मानव शरीरका मसलहरूले स्थान परिवर्तन गर्नु नै खुट्टा फर्कनु हो । किन फर्किन्छन् त खुट्टा सबैलाई जिज्ञासा हुन सक्छ । मानव शरीरमा क्याल्सियम र पोटासियम नामक भिटामिन कमी भएका कारण मानिसको खुट्टा फर्कने गर्दछ ।

एक्कासि खुट्टा फर्केमा साधारण घरैमा बसेर यसको उपचार गर्न सकिने डाक्टरहरू बताउँछन् । अकस्मात् रूपमा आईपर्ने यो समस्याले कुनै संकेत दिँदैन । फलस्वरुप एकान्त तथा एक्लै भएको अवस्थामा खुट्टा फर्किने समस्याले बढी पिरोल्ने गर्छ ।

एक्कासि खुट्टा फर्किएमा आराम गर्ने, फर्केका ठाउँमा हल्का हल्लाएर मालिस गर्ने, फर्केका भागमा हिर्काएर भाईव्रेशन दिएमा खुम्चेका मसल तथा नशाहरू १० देखि २० मिनेटमा यथास्थानमा जाने गर्दछ । खुट्टा फर्किने समस्या समाधान हुन्छ । चिकित्सकहरूका अनुसार महिनामा एक–दुई पटक खुट्टा फर्केमा स्वास्थ्य चौकीमा जाँच गराउनु उपर्युक्त हुन्छ ।

यस समस्याबाट छुटकारा पाउनका लागि आरामदायी बसाई तथा धेरै मात्रामा केरा, आलु, हरियो सागसब्जी, प्रशस्त पानी, दूध उमालेर पिउने र स्याउ खानुपर्ने हुन्छ । त्यस्ता खाद्य पदार्थबाट मानव शरीरमा क्याल्सियम र पोटासियम नामक भिटामिन प्राप्त हुने हुँदा खुट्टा फर्किने समस्या कमी हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?