मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साउन १ गतेदेखि पोखरा विश्वविद्यालयका सबै काम अनलाइन मार्फत हुने

ललितपुर – शैक्षिक क्यालेण्डरलाई चुस्त दुरुस्त पार्न पोखरा विश्वविद्यालयले सबै कामहरू अनलाइनबाट पनि गर्न सकिने बनाउने भएको छ ।

एभरेस्ट इन्जिनियरिङ कलेज पुल्चोक ललितपुरले शुक्रबार गरेको एक दिने आरोहण २ कार्यक्रमको समापन समारोहमा पोखरा विश्वविद्यालय (पीयू) का रजिस्टार प्रा.डा. दीपकबहादुर भण्डारीले विश्वविद्यालयले शैक्षिक क्यालेन्डरलाई समयमै सकाउने कामलाई अझ तन्दुरुस्त बनाउन अनलाइन प्रविधिबाट काम थाल्न लागेको जनाए ।

फारम, टान्सक्रिप्टलगायतका सबै कामका लागि अनलाइनबाटै विद्यार्थीले भर्न सकिने बनाउन लागेको उनले जानकारी गराए ।

देशकै सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेन्डर गन्जागोल भइरहेको भनी आलोचना वढिरहँंदा पोखरा विश्वविद्यालयका रजिस्टार प्रा.डा. भण्डारीले पोखरा विश्वविद्यालय (पीयू) ले चार वर्षे कोर्सको सर्टिफिकेट चार वर्षभित्रै दिँदै आएका बताए । पोखरा विश्वविद्यालयले शैक्षिक क्यालेन्डर अनुसार नै परीक्षा लिन, परीक्षाफल प्रकाशित गर्ने र सर्टिफिकेट दिँदै आएको उनले बताए । 

पहिला पनि नबिगारेको र भविष्यमा पनि तलमाथि नहुने उनले स्पष्ट पारे । विश्वविद्यालयले परीक्षा भएको २८ देखि ५० दिनभित्र परीक्षाफल प्रकाशित गर्दै आएको उनले जनाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?