मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्यको लागी हप्तामा एक दिन व्रत किन ?

हाम्रो हिन्दु परम्पराअनुरूप व्रत बस्ने चलन छ । औँसी, पूर्णे,लगायत बारअनुसार , र चाडपर्वहरूमा महिला दिदिबहिनीहरु व्रत बस्ने गर्छन् ।

हप्तामा एक दिन अथवा महिनामा दुई–तिन दिन व्रत बस्नु स्वाभाविकै हो । तर कतिपय महिला दिदिबहिनिहरु भने हप्तामा ३–४ दिन नै व्रत बस्ने गर्छन् ।

धर्मका नाममा यसरी दिनँहु जसो भोकै बस्दा स्वास्थ्यमा प्रतिकुल असर परिरहेको हुन्छ । तर यदि तपाई हप्तामा एक दिन मात्रै ब्यालेन्स मिलाएर व्रत बस्नुहुन्छ भने यो धेरै नै लाभदायक हुनसक्छ ।  

–हप्तामा एक दिन मात्र व्रत बस्दा पाचन प्रणाली राम्रो हुन्छ । शरीरमा भएका तत्त्व राम्रोसँग पच्न पाउँछन् र पेट पनि सफा हुन्छ ।

–तपाईँले तौल कम गर्न चाहिरहनुभएको छ भने पनि हप्तामा एक दिन व्रत बस्न सक्नुहुन्छ । व्रत बस्दा शरीरमा भएको बोसो ऊर्जामा परिणत हुन्छ ।

–व्रत बस्दा शरीरमा भएका खराब तत्त्व बाहिर जान्छन् । जसले गर्दा शरीर डिटक्स हुन्छ । यसले विभिन्न रोगबाट पनि राहत दिन्छ ।

–हप्तामा एक दिन व्रत बस्दा शरीर डिटक्स हुन्छ । जसले गर्दा छालामा पनि चमक आउँछ । यसले छालालाई पनि राम्रो बनाउँछ ।

–त्यस्तै यदि तपाईँलाई कोलेस्ट्रोलको समस्या छ भने पनि हप्तामा एक दिन अवश्य व्रत बस्नुहोस् । यसले शरीरमा भएको खराब कोलेस्ट्रोल कम गर्दै जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?