काठमाडौँ – हामी धेरैले घर तथा कार्यालयहरूमा अग्ला पहाड तथा हिमालका तस्वीर राखेको देखेका छौँ ।
यस्ता तस्वीरले भित्तामा राख्दा कोठाको सुन्दरता बढाउने गर्दछ । तर, यसले कोठाको सुन्दरता मात्र बढाउने नभएर आत्मबल बढाउनमा पनि मद्दत गर्दछ ।
आज हामी घरका भित्तामा अग्ला अग्ला पहाड तथा हिमालका तस्वीर राख्दा कस्तो फल मिल्छ भन्ने बारेमा चर्चा गर्नेछौँ ।
वास्तुशास्त्र अनुसार घरमा अग्ला अग्ला हिमालका तस्बिरहरू राख्दा मानिसको आत्मविश्वास र मनोबल बढ्छ ।
यस्ता तस्वीरले जीवनमा सदैव सकारात्मक ऊर्जा ल्याउने मान्यता छ । हिमाललाई गौरवका रूपमा पनि मान्ने गरिन्छ ।
हिमाल पहाडका तस्वीरमा उडिरहेका चरा पनि राख्ने गरेको पाइन्छ । यस्तो तस्वीरले पनि मानिसको जीवनमा सकारात्मकता र हौसला प्रदान गर्ने गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया