मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के प्रेममा छन् सिसन बानियाँ ? सामाजिक सञ्जालमा फोटो भाइरल, को हुन् युवती ?

काठमाडौँ– चर्चित भ्लगर सिसन बानियाँको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । पोस्ट गरिएको फोटोमा सिसन बानियाँ एक जना युवतीसँग अन्तरंग देखिएका छन् ।

फोटोमा उनीहरु प्रेमिल मुद्रामा प्रस्तुत भएका छन् भने दुबैको मुहारमा मुस्कान देखिन्छ । उनको यो फोटोलाई धेरै समयपछि सिसनको जीवनमा आएको खुशीयाली भन्दै सामाजिक सञ्जालमा व्यापक शेयरसमेत भइरहेको छ ।

युवती र सिसन सम्बन्धमा रहेको अड्कल काट्दै बधाइ दिइरहेको यो फोटो सिसन आफैँले सार्वजनिक गरेका भने होइनन् । त्यस्तै, फोटोमा देखिएकी युवती र उनीहरुको सम्बन्धसमेत के हो भन्ने स्पष्ट भएको छैन ।

यद्यपि पूर्व मिस नेपाल श्रृङ्खला खतिवडासँग नाम जोडिएका उनी त्यसपछि कुनै युवतीसँग कम्फर्टेबल देखिएका थिएनन् । अमेरिकामा खिचिएको भनिएको उक्त तस्बिरमा दुबै जना कालो पहिरनमा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?