मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चट्याङ के हो, कसरी बच्ने ?

काठमाडौँ– हरेक वर्ष नेपालमा चट्याङले ज्यान गुमाउने वा घाइते हुनेको सङ्ख्या बढ्दो छ । प्राकृतिक विपत्तिका रूपमा आउने चट्याङका घटना वर्षा याममा बढी हुने गरेको छ ।

के हो चट्याङ ?

समुद्र सतहभन्दा १५ हजारदेखि २५ हजार फिटमाथि आकाशमा उत्पन्न विद्युत्को प्रवाह हो चट्याङ । यो जब बादलमा भएका कणहरू आवेसित भएर धन र ऋण आवेशमा परिवर्तित हुन्छन्, तब विद्युत् उत्पन्न हुन्छ । यो करेन्ट कहिलेकाहीँ पृथ्वीको सतहमा उच्च भोल्टेजले ठक्कर खान्छ । यसैलाई हामी आकारमा बिजुली चम्केको वा चट्याङ हानेको भन्छौँ ।

अमेरिकन कलेज अफ इमर्जेन्सी फिजिसियनको तथ्यपत्र अनुसार केही सामान्य बचाउको प्रयासले चटयाङबाट हुने दुर्घटनाबाट जोगिन सकिन्छ ।

१. चट्याङ पर्न लाग्दा फलामे पदार्थभन्दा टाढै बस्नुपर्छ ।

२. यस्तो बेलामा सकेसम्म विद्युत् उपकरणको प्रयोग गर्नु हुँदैन ।

३. यो बेलामा बिजुलीको पोल छेउमा बस्नु हुँदैन ।

४. सकेसम्म मोबाइल वा टेलिफोनको उपयोग नगर्नु नै राम्रो हुन्छ ।

५. चट्याङ पर्न लाग्दा पानीमा पौडिरहेको भए समतल भूमिमा निस्कनुपर्छ ।

६. चट्याङ पर्न लाग्दा सुरक्षित स्थानमा आश्रय लिनु पर्दछ ।

७. अग्लो वस्तु रूख, झन्डा बाँध्ने पाइप वा बाँस नजिक जानु हुँदैन ।

८. यस्तो बेलामा खुल्ला चौर, खुल्ला संरचना र गाडीमा पनि जानु हुँदैन ।

९. विद्युत्को सुचालक वस्तु जस्तै: कम्प्युटर, टेलिफोनभन्दा टाढा बस्नु पर्दछ ।

१०. चट्याङको आवाज आइरहेको बेला तारवाला फोन उपयोग गर्नु हुँदैन ।

११. आकाशमा बादल तीव्रताका साथ गर्जिरहेको छ भने पक्की भवनमा आश्रय लिनुपर्छ ।

१२. वर्षाको चट्याङ केही समय मात्र हुने भएकाले बाहिर पर्नुभयो भने पर्खनु राम्रो हुन्छ ।

१३. कुनै व्यक्ति चट्याङले प्रभावित भएको भए तुरुन्त अस्पताल लानु पर्दछ ।

१४. चट्याङ प्रभावित व्यक्तिको शरीरमा विद्युतीय झड्का रहँदैन त्यसैले यस्ता व्यक्तिलाई छुँदा कुनै असर पर्दैन ।

१५. चट्याङ पर्दा खुल्ला ठाउँमा भुईँमा पल्टिनु बढी सुरक्षित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?