मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

युट्युबमा ३० करोड सब्सक्राइबर पुग्ने पहिलो च्यानल बन्यो ‘मिस्टर बिस्ट’

काठमाडौँ –  चर्चित युट्युबर ‘मिस्टर बिस्ट’ को च्यानलले युट्युबमा ३० करोड सब्सक्राईबर पुग्ने पहिलो च्यानल बनेको छ । 

अमेरिकी नागरिक जिम्मी डोनाल्सनले सञ्चालन गर्दै आएको यो च्यानलले ३०० मिलियन सब्सक्राइबर पुर्याएको छ ।

 “११ वर्षअघि ३०० सब्सक्राइबर पाउँदा म निकै फुर्केको थिएँ,” सामाजिक सञ्जाल एक्समा एक पोस्ट राख्दै उनले भनेका छन् । 

युट्युब बिस्टले यो सफलता पाउनुमा उनको प्रस्तुति प्रमुख कारण मानिएको छ । 

गत जुन २ मा मात्रै मिस्टर बिस्टको च्यानलले भारतीय ‘टि सिरिज’ लाई उछिन्दै युट्युबकै सर्वाधिक सब्सक्राइबर भएको च्यानल बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?