मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बालबालिकालाई दैनिक खुवाउनुहोस् अण्डा, हुन्छ यति धेरै स्वास्थ्य लाभ 

अण्डा निकै पौष्टिक खानेकुरा हो । अण्डाको सेवनले हरेक उमेर समूहका व्यक्तिहरूलाई स्वास्थ्य लाभ मिल्छ । अन्डालाई हामी उसीनेर, बोईल गरेर,फ्राई गरेर विभिन्न परीकारमा मिसाएर खाने गर्छौ ।

एउटा अध्ययनले दैनिक एउटा अन्डा खाँदा कुपोषणग्रस्त नवजात शिशुलाई स्वस्थ उचाइ हासिल गर्न सहयोग गर्ने देखाएको छ ।

उसिनेको, फ्राई गरिएको वा अम्लेट बनाएर खाइने अन्डाले कलिला बालबालिकालाई शक्ति दिने उक्त अध्ययनको निष्कर्ष छ । अन्डा खानु होचोपन नियन्त्रणको सबैभन्दा सहज विधि हुनसक्ने उल्लेख गरिएको छ ।

शिशुहरूको पहिलो दुई वर्ष उनीहरूको शारीरिक विकासका लागि संवेदनशील अवधि मानिन्छ र त्यसबेला होचोपनको समस्या देखिए त्यो दीर्घकालीन हुनसक्ने बताइन्छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर पाँच वर्षमुनिका १५ करोड ५० लाख बालबालिकामा होचोपनको समस्या छ । अन्डा खाने शिशुहरूमा नखानेको तुलनामा ४७ प्रतिशतले होचोपनको समस्या कम देखिएको अनुसन्धानकर्ताहरूको दाबी छ ।

कम उमेरका बालबालिकाका लागि अन्डा एकदमै उपयुक्त आहारा हो । अन्डामा विभिन्न पोषण तत्त्वहरूको मिश्रण हुन्छ, त्यही भएर यो निकै महत्त्वपूर्ण छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?