मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

माछा–मासु खाएपछि भुलेर पनि दूधको सेवन नगर्नुहोस् 

हामी भोक लागेको समयमा आँखा अगाडी जुन खानेकुरा देख्छौ त्यहीको सेवन गर्ने गर्छौ ।

तर अधिकांश खानेकुराहरू हामीले एकसाथ मिलाएर खानु हुँदैन र एक चिज खानसाथ लगत्तै अर्को खानेकुराको सेवन गर्नु हुँदैन । यस्तैमा आज हामी मासु सेवन गर्ने बित्तिकै के–के खानेकुरा खानुहुँदैन भन्ने सन्दर्भमा जानकारी गराउँछौ । 

माछा–मासु खाएपछि बिर्सेर पनि दूधको सेवन गर्नुहुँदैन । सामान्यतया माछा खाएपछि दूध पिउन निषेध गरिएको छ । तर माछा मात्र होइन, कुनै पनि नन–भेज खानेकुरा खाइसकेपछि दूध वा दही खानु हुँदैन ।

रातिको समयमा माछा–मासु खानुभएको छ भने त झन् दूध खाँदै नखानुहोस्। माछाको सेवन गरेपछि दूध र दूधजन्य परिकार खाएमा यसले छालासम्बन्धी रोगहरू लाग्छ । यदि माछा र दूध एकसाथ सेवन गरेमा छालामा सेतो दाग आउने सम्भावना हुन्छ । माछा र दूधको सेवनबाट फुड पोइजन पनि हुन सक्छ । त्यसैले दूध र माछा खानुहुँदैन । 


दूध र दही दुवै स्वास्थ्यका लागि लाभदायक खानेकुराहरू हुन् । तर, दुवै सँगसँगै खाँदा फाइँदाको साटो नोक्सान ज्यादा हुन्छ । यसो हुनुमा दहीमा विद्यमान ब्याक्टेरिया र अम्लले गर्दा दूधलाई डीन्याचूरेट गर्ने वा फटाइदिने हुँदा यो फाटेको दूधले एसिडिटी, ग्यास, बान्ता, झाडा–पखाला, वाकवाकी गराउने हुन्छ ।


यस्तै दूधसँग नुनको सेवन पनि अत्यन्त हानिकारक मानिन्छ । दूधसँग नुनको सेवन गर्दा पेटको भित्री पत्र वा छालाको सङ्क्रमणको उच्च जोखिम हुन जान्छ । वैज्ञानिकहरूले छालामा आउने दाँद, फोकाफोकी, घाउ, खटिरा, स्वरीयासीस, छाला चिलाउने, एक्जिमाजस्ता समस्याहरूलाई दूध र नुनको विरूद्ध आहार सेवनले उत्पन्न भएको समस्या मान्ने गरेका छन् ।


अर्को कुरा भनेको आजकाल दूधसँग विभिन्न किसिमका फलफूलहरू मिलाएर बनाइएको मिल्क सेक वा स्मूदी बनाएर खाने चलन छ तर यो चलन स्वास्थ्यको दृष्टिले त्यति उपयुक्त होइन । फलफूल वा सलादहरूको प्रकृति चिसो हुन्छ भने दूधको प्रकृति तातो हुन्छ ।

यसरी दुई प्रकृतिको खानेकुराहरू खाँदा स्वास्थ्यमा प्रतिकूल असर पुग्नसक्छ । कालो मासको दाल, गहत र मुङ्गसंग दूधको सेवन कहिल्यै गर्नु हुँदैन । दाल खाँदा दालमा विद्यमान प्रोटिन र दूधमा विद्यमान प्रोटिनको पाचन विधि फरक हुने हुँदा यसले हाम्रो पाचन तन्त्रमा नकारात्मक असरहरू पैदा गराउँदछ र पेट खराब हुने गर्दछ ।

दूध पिएपछि वा दूधको साथ रूख कटहरको सेवन गर्नु हुँदैन । यसो गर्दा पाचन प्रणालीमा त समस्या उत्पन्न गराउँदछ नै साथै मुटु रोग श्वास रोग, दाद, चिलाउने, एग्जिमा र अन्य छाला सम्बन्धी विकार उत्पन्न गराउँदछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?