यतिखेर तापक्रम उकालो लागेको लाग्यै छ । गर्मीमा घाँटी खराब हुनु, रुघा, ज्वरो आउनु सामान्यजस्तै हो । तर उचित सावधानी राखियो भने रोगबाट बच्न सकिन्छ। गर्मीका बेला लाग्ने रोगबाट बचाउन बाबुआमाले विशेष ध्यान दिनुपर्छ। तर यो बेला भरपुर पानी पिउने, पोषणयुक्त आहारा दिने, धेरै समय बाहिर ननिस्कने र आराम गर्ने गर्नुपर्छ ।
गर्मीको मौसममा यस्ता समस्याबाट बच्नुपर्छ
सनस्ट्रोक
गर्मीमा सनस्ट्रोकको समस्या हुन्छ । यो मौसममा शरीरले आफैँलाई चिसो राख्ने क्षमता कमजोर हुन्छ । यसैले सनस्ट्रोकबाट बच्नका लागि भरपुर मात्रामा पानी पिउनुपर्छ । हिटस्ट्रोकबाट पीडित हुँदा धेरै ज्वरो आउने र कमजोरी महसुस हुन्छ ।
डाबर आउनु
गर्मीका कारण शरीरका विभिन्न भागमा डाबर या घमौरा आउँछ । यसको समाधानका लागि डाक्टरलाई देखाउनुपर्छ ।
एलर्जी
धूलो र गर्मीका कारण एलर्जी हुने समस्या आम विषय हो । यसका लागि धेरै घाममा बाहिर निस्कनुहुन्न ।
हैजा, टाइफाइड र जन्डिस यी सबै पानीका कारण हुने रोग हुन्। यसबाट बच्न सकेसम्म बाहिर खानुहुन्न । बाहिरको खाना गर्मीका कारण चाँडै नै बिग्रन्छ । गर्मीमा पानीको माग बढ्ने भएकाले प्रदूषित पानीको प्रयोगका कारण पनि यस्ता समस्या फैलन्छन् । ब्याक्टेरिया तातो र नुनिलोपानीको माहौलमा पैदा हुन्छन् ब्याक्टेरियायुक्त खाना खानाले विभिन्न समस्या निम्तन्छन् ।
लामखुट्टेका कारण हुने समस्या र घर वरिपरि जम्मा हुने पानी लामखुट्टेको वासस्थान बन्छन्, लामखुट्टेको टोकाइका कारण डेंगु, मलेरियाजस्ता रोग लाग्छन्।
कसरी सतर्कता अपनाउने ?
सडकमा बेच्न राखिएका काटेका फलफूल र अन्य खालका खानेकुरा बालबालिकालाई नखुवाउनुहोस्। यस्तो मौसममा बच्चाहरूलाई मसालेदार र तारेका खानेकुरा पनि खुवाउनु हुँदैन ।
यस्ता खानेकुरा सजिलोसँग पच्न सक्दैनन्। यसकारण उनीहरूलाई ताजा फल, हरिया तरकारी, जुसजस्ता स्वस्थकर खानेकुरा र हल्का खाना खुवाउनुहोस्।् । बच्चाहरूलाई तिर्खा नलागे पनि पानी पिइरहन प्रेरित गर्नुहोस्, यसले शरीर सुख्खा रहन दिँदैन ।
उनीहरूलाई कागती पानी, नरिवलको पानी र अन्य प्राकृतिक तरल पदार्थ दिनुपर्छ । बालबालिकालाई हल्का र खुला कपडा लगाउन दिनुहोस्। तन्दुरुस्तीका लागि आफूसँगै बच्चालाई पनि बिहान बेलुकी कसरत गराउनुहोस्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया