मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मेवाबारे रहेका भ्रम, गर्मीमा खानु हुन्छ कि हुँदैन ?

गर्मी मौसममा खाने बानीमा विशेष ध्यान दिनु आवश्यक हुन्छ । यो मौसममा पानीयुक्त खानेकुराको सेवन गर्नु राम्रो मानिन्छ । 

हरेक मौसममा फलफूललाई स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । गर्मीमा मानिसहरू खरबुजा, लिची, मेवा, सुन्तलालगायत सबै फलफूल खान रुचाउँछन् । तर यो मौसममा मेवा खानुलाई धेरैले हानिकारक मान्छन् । मेवा तातो प्रकृतिको हुने भएकाले गर्मीमा यसको सेवनले समस्या निम्त्याउने उनीहरूको जिकिर छ । 

पोषणविद् भने गर्मीमा मेवा खानु निकै फाइदाजनक रहेको बताउँछन् । यो फलमा प्रशस्त मात्रामा फाइबर हुन्छ र यसमा प्यापेन नामक इन्जाइम हुन्छ । हरेक मौसममा मेवा खाँदा स्वास्थ्य लाभ हुन्छ । मेवालाई तातो मान्न नसकिने र गर्मीमा यसलाई खाँदा कुनै हानि नहुने उनीहरूको भनाई छ ।

मेवाले हाम्रो पेट सफा गर्न मद्दत गर्छ र शरीरमा जम्मा भएको बोसो घटाउँछ । यो फल कलेजो सफा गर्न निकै लाभदायक मानिन्छ । कब्जियतबाट पीडित व्यक्तिहरूको लागि मेवा रामवाण औषधि मानिन्छ । यसले पेटमा जम्मा भएको फोहोरलाई हटाएर कब्जियतबाट राहत दिन्छ ।

जन्डिसका बिरामीका लागि मेवा निकै फाइदाजनक मानिने पोषणविद् बताउँछन् । यसमा धेरै तत्त्वहरू हुन्छन् जसले हाम्रो शरीरमा उत्पादन हुने बिलिरुबिनलाई नियन्त्रण गर्छ । यसले शरीरमा जन्डिसको जोखिम कम गर्छ । मेवा खाँदा हाम्रो पाचन शक्ति बढ्छ र पेटसँग सम्बन्धित धेरै समस्याहरू हट्छन्। 

धेरैजसो मानिसले मेवा खान सक्ने भए पनि गर्भवती महिलाले मेवा खानु हुँदैन । महिलाहरूले गर्भावस्थाको पहिलो तीन महिनामा भूलवश पनि मेवा खानु हुँदैन, अन्यथा गर्भपातको खतरा बढ्न सक्छ । 

यस बाहेक झाडापखाला र तीव्र एसिडिटी भएका व्यक्तिहरूले पनि मेवा खानुहुँदैन । बाँकी मानिसहरूले तनाव बिना मेवा खान सक्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?