मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जानी राखौँ आलुको बोक्राको महत्त्व  

हरेकको भान्सामा प्रयोग हुने तरकारी हो आलु । आलु बिनाको तरकारी खल्लो हुन्छ । हरेक तरकारीमा आलु सुहाउँछ । आलुको भान्सामा अत्यावश्यक तरकारी पनि हो ।

तर हरेक घरमा दैनिक रूपमा प्रयोग हुने आलुको बोक्रा भने हामीले फाल्ने गर्छौँ । जहाँ आलुको बोक्रा पौष्टिक हुनुको साथै अन्य विभिन्न कुराहरूमा पनि काम लाग्छ । 

आलुको बोक्राको महत्त्व  

आलु विश्वमै सबैभन्दा बढी खाइने परिकार हो । तरकारी र अचारमा अत्यधिक प्रयोग हुने आलुलाई उसिनेर वा पोलेर खान सकिन्छ । चप, पकौडा, समोसादेखि अन्य खाजाका परिकारमा पनि आलुको प्रयोग हुन्छ ।

तर आलुको जति महत्त्व छ, त्यसको बोक्रालाई महत्त्व दिएको पाइँदैन । त्यसैले हामी आलुको बोक्रा फालेर परिकार बनाउने गर्छौ । आलु जति लाभदायक छ त्यति नै यसको बोक्रा पनि हाम्रो स्वास्थ्य र सौन्दर्य दुबैका लागि फाइदाजनक मानिन्छ ।

आलुको बोक्रामा पोटास, आइरन र भिटामिन बी ३ जस्ता महत्त्वपूर्ण तत्त्व पाइन्छ । आलुमा पाइने पोटासले मेटाबोलिजमलाई सशक्त बनाउँछ । त्यस्तै आइरनले शरीरमा राता रक्त कोष उत्पादन गर्न पनि सहयोग गर्छ । आलुको बोक्रामा प्रशस्त फाइबर हुन्छ । फाइबरले तौल घटाउन सहयोग गर्छ । बोक्रासहितको आलु खाँदा कोलेस्ट्रोल घटाउँछ ।

तर मधुमेह र मुटुरोगका बिरामीले भने चिकित्सक वा डाइटिसिएनको सुझाव बिना आलु सेवन नगर्नुहोला । आलुको बोक्राले कपाल फुल्नबाट जोगाउने विभिन्न अध्ययन र परीक्षणले देखाएका छन् ।

कपाललाई कालो बनाउनका लागि आलुको बोक्रा प्रयोग हुन्छ । उसिनेको आलुको बोक्रालाई पुनः पाँच मिनेट उमालेर त्यसको रसले नुहाउने बेलामा कपालमा लगाउँदा कपाल फुल्नबाट रोक्छ ।

साथै आलुको बोक्राले अनुहारको छालालाई पनि चम्किलो बनाउँछ । काँचो आलुको बोक्रा ताछेर त्यसको रस अनुहारमा दल्ने र आधा घण्टापछि चिसो पानीले अनुहार सफा गर्दा अनुहारमा छुट्टै चमक आउँछ । लगातार दुई साता यही प्रक्रिया दोहोर्‍याउँदा अनुहारमा भएका दाग हराउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?