मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

१० अर्ब पासवर्ड लिक, जोगिने कसरी ? 

काठमाडौँ – एक ह्याकर समूहले झन्डै १० अर्ब पासवर्ड चोरेको रिपोर्ट बाहिरिएको छ । साइबर न्युजका खोजकर्ताले गरेको एक अनुसन्धानमा यस्तो तथ्य देखिएको हो ।

साइबर न्युजले रिसर्च टिमले ९ अर्ब ९४ करोड ८५ लाख ७५ हजार ७३९ युनिक प्लेन टेक्स्ट पासवर्डको कम्पाइलेसन फेला पारेको छ । rockyou2024.txt शीर्षक भएको डेटासहितको फाइल ओबामा केयरले जुलाई ४ मा लीक गरेका थिए । 

सिमोन्स एन्ड सिमोन्स नामक कानुनी संस्थाका एक कर्मचारीले साइबर न्युजलाई उक्त डेटाबेस उपलब्ध गराएका थिए । यसमा विभिन्न समयमा लिक भएका पासवर्डहरूलाई एउटै फाइलमा राखिएको छ । 

अनुसन्धानकर्ताका अनुसार लिक भएका पासवर्ड विश्वभरका व्यक्तिहरूले प्रयोग गर्ने पासवर्डको सङ्कलन हो । ह्याकरहरूले यस्तो पासवर्ड क्रेडेन्सियल स्टफिङ आक्रमणमा प्रयोग गर्न सक्ने अनुसन्धानकर्ताको भनाइ छ ।

जोगिने कसरी ? 

–लिक्ड पासवर्डसँग जोडिएका सबै अकाउन्टहरूको पासवर्ड रिसेट गर्नुहोस् । 

– युनिक र बलियो पासवर्ड छनौट गर्नुहोस् । 

– एउटै पासवर्ड विभिन्न प्लेटफर्ममा प्रयोग नगर्नुहोस् । 

– सम्भव भएसम्म मिल्टिफ्याक्टर अथेन्टिकेसन प्रयोग गर्नुहोस् । यसले सुरक्षालाई बढाउँछ । 

– सुरक्षित पासवर्ड बनाउन र कम्प्लेक्स पासवर्ड स्टोर गर्न पासवर्ड म्यानेजर सफ्टवेयर प्रयोग गर्नुहोस् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?