मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जुम्ल्याहा बच्चा गर्भमा रहँदा हुनसक्छ यस्तो जटिलता 

सामान्यतया एक महिलाले एक सन्तानलाई मात्रै जन्म दिन्छिन् । तर अपवादमा हामीले जुम्ल्याहा,तिम्ल्याहा र ४–५ वटा सम्म बच्चा एकै पटक जन्माएको पनि सुनेका छौ ।

अहिले पछिल्लो समय त धेरै दम्पतीहरूको चाहाना हुन्छ कि जुम्ल्याहा बच्चा जन्मियोस् । किनकि एकै पटक जुम्ल्याहा बच्चा जन्मिए भने एकै पटक हुर्कने र अर्को सन्तान जन्माउनु पनि नपर्ने हुँदा धेरैले चिकित्सकसँग नै परामर्श लिन्छन् कि जुम्ल्याहा बच्चा कसरी जन्माउन सकिन्छ भनेर ।

जुम्ल्याहा बच्चाको चाहाना हरेक दम्पतीलाई हुन थालेको छ । तर वास्तवमा जुम्ल्याहा सन्तान गर्भमा आउनु, जुम्ल्याहा बच्चा जन्माउनु भनेको निकै रिस्क कुरा रहेको प्रजनन रोग विशेषज्ञहरू बताउँछन् । 

कारण 

स्वाभाविक हिसाबले हेर्दा एक जना महिलाको गर्भमा एउटा मात्र बच्चा बस्नुपर्ने हुन्छ । महिलामा दुई वटा डिम्बाशय हुन्छ । जब शारीरिक सम्पर्क हुन्छ, तब पुरुषका शुक्रकीट यी दुई डिम्बाशयमध्ये एउटामा निषेचन हुन्छ ।

पुरुषको शुक्रकीट असङ्ख्य हुन्छ । त्यसमध्ये एउटा शुक्रकीट महिलाको एउटा डिम्बसँग मिलन हुन्छ । यस्तो अवस्थामा महिलाको गर्भमा एउटा भ्रूण विकास हुन्छ । तर कहिलेकाहीँ यस्तो नहुन सक्छ । महिलाको गर्भमा दुई वा त्यो भन्दा बढी गर्भ रहन सक्छ । यसलाई चिकित्सकीय भाषामा ‘जैविक दोष’ बायोलोजिकल मिस्टेक भनिन्छ ।

कहिलेकाहीँ यौन सम्बन्ध बनाए पश्चात् गल्तीवश पुरुषको शुक्रकीट महिलाको दुई वटा अण्डमा निषेचन हुन पुग्छ । यस्तो अवस्थामा गर्भाशयमा दुई वटै भ्रूण विकास हुन पुग्छ र जुम्ल्याहा बच्चा बन्दछन् । यस्तो स्थितिमा जन्मने जुम्ल्याहाको रुपरंग, आनीबानीमा केही फरकपन आउन सक्छ । साथै एउटा छोरा जन्मिएका छ भने अर्को छोरी हुनसक्ने सम्भावना धेरै हुन्छ । जुम्ल्याहा गर्भ रहने अर्को पनि स्थिति हुन्छ ।

एउटा शुक्रकीट एउटै अण्डमा निषेचित भएको छ भने पनि कहिलेकाहीँ भु्रण विकास हुने क्रममा त्यो विभाजित भएर दुई वटा अलग भ्रूण विकास हुन सक्छ । यसरी जन्मने जुम्ल्याहा सन्तान प्रायः एकै लिङ्गका हुन्छन् भने उनीहरूको स्वभाव, रुपरंग पनि धेरै हदसम्म मिल्दो हुन्छ ।

यसरी नै भ्रूण विकास हुने क्रममा यदि भ्रूणको विभाजन ढिलो भइदियो भने दुई अलग बच्चाको शरीर जोडिएर पनि जन्म हुन सक्छ । जुम्ल्याहा बच्चा जन्मनुमा एउटा मात्र कारण छैन । विभिन्न कारणले गर्भमा जुम्ल्याहा बच्चा रहने स्थिति आउँछ । वंशाणुगत कारणले पनि जुम्ल्याहा बच्चा बस्ने सम्भावना हुन्छ ।

परिवारमा यसअघि पनि जुम्ल्याहा सन्तान जन्मिएका छन् भने वंशाणुगत कारणले पछि गर्भमा जुम्ल्याहा बच्चा बस्ने सम्भावना हुन्छ । त्यसै गरी यसमा उमेर पनि अर्को कारण बन्ने गरेको पाइन्छ । महिलाको उमेर बढ्दै गएको छ भने गर्भमा जुम्ल्याहा बच्चा बस्ने गरेको पाइन्छ ।

के–कस्ता जटिलता हुनसक्छ ?

एउटा गर्भाशयमा दुई वटा गर्भको तुलनामा एउटै बच्चा हुर्काउने प्रक्रिया सहज हुन्छ,। दुई वटा गर्भ रहनु भनेको गर्भावस्थाको समस्या दोब्बर हुनु हो । एउटा गर्भ रहँदा जति समस्या हुन्छ, दुई वटा गर्भ रहँदा त्यो भन्दा दोब्बर हुन्छ ।

गर्भाशयमा दुई वटा भ्रूणले बढी ठाउँ ओगट्ने हुँदा पेटको आकार पनि तुलनात्मक रूपमा बढ्छ । पेटको आकार सामान्य भन्दा ठूलो हुँदा बच्चा चाँडै जन्मने गर्छ ।

जस्तो अरू ३७ हप्तामा जन्मन्छन् भने जुम्ल्याहा बच्चा त्यसअघि नै जन्मन्छन् । अर्थात् उमेर नपुग्दै बच्चा जन्मन्छन् । यसैगरी पाठेघर खुम्चिन ढिलो हुने हुँदा रक्तस्राव बढी हुन्छ । आमालाई मधुमेह, उच्च रक्तचाप जस्ता समस्या थपिने जोखिम हुन्छ । अर्को जोखिम भनेको कतिपय अवस्थामा दुई बच्चाको शरीर जोडिएर जन्मिन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?