काठमाडौँ – चर्को गर्मीपछि पानी परेपछि जनतालाई पक्कै पनि राहत मिलेको छ तर जतिखेर मौसम बदलिन्छ र पानी पर्न थाल्छ त्यसले धेरै रोगहरु लिएर आउँछ । ब्याक्टेरियाको संक्रमणसँगै वर्षायाममा धेरै रोगको जोखिम पनि बढ्छ ।
वर्षायाममा धेरै ठाउँमा पानी जम्ने भएकाले लामखुट्टेले तीब्र गतिमा फैलन थाल्छ । जसका कारण मलेरिया, चिकनगुनिया र डेंगुको जोखिम निकै बढेको छ ।
बजारमा लामखुट्टेबाट जोगाउन कोइलदेखि लोशन र स्प्रेसम्मका धेरै उत्पादनहरू उपलब्ध छन्। यसमा केमिकल भएको कारणले धेरै एलर्जी हुने सम्भावना बढ्छ ।
लामखुट्टेबाट बच्न घरमै कपूर स्प्रे बनाउनुहोस्
मनसुनमा लामखुट्टे छिटो बढ्छ, यसबाट बच्न केही प्राकृतिक उपाय अपनाउन सकिन्छ । तपाईं केही प्राकृतिक तरिकामा घरमै तरल स्प्रे तयार गर्न सक्नुहुन्छ।
यसबाहेक, तपाईं प्राकृतिक तरिकाले लोशन बनाउन सक्नुहुन्छ र यसलाई आफ्नो शरीरमा प्रयोग गर्न सक्नुहुन्छ। यसको माध्यमबाट लामखुट्टेबाट बच्न सकिन्छ ।
यसरी घरमा रिफिल लिक्विड तयार गर्नुहोस्
लामखुट्टेबाट बच्न तपाईं घरमै रिफिल लिक्विड तयार गर्न सक्नुहुन्छ। यसका लागि सबैभन्दा पहिले कपूर लिनुहोस् र यसलाई राम्रोसँग पीस्नुहोस् र त्यसपछि त्यसमा नीमको तेल मिसाउनुहोस्। यसरी तरल विकर्षक स्प्रे तयार हुनेछ। लामखुट्टे रिपेलेन्ट मेसिनको बोतल रिफिल गर्न यो प्रयोग गर्नुहोस्।
यसरी बनाउनुहोस् लोशन
यसका लागि पहिले नीमको तेल लिनुहोस् र त्यसपछि त्यसमा युकलिप्टसको तेल र लेमन ग्रासको तेल मिसाउनुहोस्। तपाईं आफ्नो छालामा पनि यो मिश्रण प्रयोग गर्न सक्नुहुन्छ। यसले छालामा हुने साइड इफेक्ट पनि कम गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया