काठमाडौँ- पकाउने बित्तिकै खानेकुरा खानु स्वास्थ्यका हिसाबले राम्रो कुरा हो । कतिपय कारणले कहिलेकाहीँ पकाएको खाना खान ढिलाइ हुने गर्छ । हामी मध्ये धेरैले यसलाई गम्भीरतापूर्वक लिदैनौं ।
पकाएको खाना खान ढिला गरे हामी बिरामी पनि हुन सक्छौं । विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार हरेक वर्ष विश्वभर ६० करोड मानिस दूषित खानेकुरा खाँदा बिरामी हुने गरेका छन् । जसका कारण करिब ४ लाख २० हजार मानिसले ज्यान गुमाउने गरेका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार खाना पकाएलगत्तै खाइहाल्नुपर्छ, ढिला गर्नु हुँदैन। वास्तवमा खाना पकाउँदा खानामा रहेका हानिकारक ब्याक्टेरिया लगभग नष्ट हुन्छन् ।
यस्तो अवस्थामा पकाएको खानालाई ५ डिग्री सेल्सियसदेखि ६० डिग्री सेल्सियसको बीचमा राख्ने हो भने त्यसमा ब्याक्टेरिया फेरि बढ्न थाल्छ । यसले खानाबाट हुने रोगको सम्भावना बढाउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया