साँझ ७ बजे पछिको खानाले हाम्रो शरीरमा फाइदाको सट्टा नोक्सान पुर्याउँछ । बेलुकाको खाना विष समान हुन्छ । सबैको चाहना हो स्वस्थ जीवन जिउने । स्वस्थ र निरोगी रहने । तन्दुरुस्त रहने । तर यो कुरा तब मात्र सम्भव छ, जब हामी स्वस्थ जीवनशैली अपनाउँछौ । त्यसो भए बेलुकाको खाना समयमै खाँदा कस्तो फाइदा हुन्छ त ?
– यदि तपाईँ तौल नियन्त्रणमा राख्न चाहनुहुन्छ भने बेलुकीको खाना चाँडै खानुहोस् । खाना खाएपछि केही क्षण हिँड्नुहोस् । जतिसुकै बढी खाना खानुहोस्, यस्तो तरिका अपनाउने हो भने तौल बढ्दैन।
– अधिकांश मानिसको खाना खाएपछि सिधै बेडमा जाने बानी हुन्छ । यसो गर्नाले स्वास्थ्य खराब हुन सक्छ र छाती पोल्ने समस्या आउन सक्छ । चाँडै खाना खानुहुन्छ भने यो समस्या आउँदैन ।
– बेलुकाको खाना अबेर खाने हो भने बिहानको नास्ता खान त्यति मन लाग्दैन, जसबाट दिनभर ऊर्जाको कमी हुन सक्छ । यस विपरित चाँडै खाना खाने हो भने बिहान नास्ता राम्ररी रुच्छ र शरीरले ऊर्जा पाउँछ ।
– राति ढिला खाना खानाले निन्द्रा पनि ढिलै लाग्छ र निद्रा पूरै लाग्दैन । यस विपरित चाँडै खाना खानाले निद्रा नआउने समस्या केही हदसम्म कम गर्न सकिन्छ र यसबाट शरीरको चक्र पनि व्यवस्थित हुन्छ ।
– चाँडै खाना खाँदा तपाईँ आफैँ निर्धारण गर्न सक्नुहुन्छ के–के खाने भनेर । यदि खाना खाएपछि डेजर्ट खान मन लाग्छ भने तपाईँ आरामले खान सक्नुहुन्छ, किनकि खाना पहिले नै पचिसकेको हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया