अंग्रेजीमा उखानै छ– एन एपल अ डे किप्स डक्टर अवे अर्थात् दिनमा एउटा स्याउ खानुभयो भने तपाईं विरामी भएर डाक्टरकोमा जानुपर्दैन ।
दैनिक स्याउ खानेको शरीरमा कोलेस्ट्रोलको मात्रा कम हुन्छ । त्यतिमात्र होइन, स्याउ खाँदा रगतमा सुगरको मात्रा सन्तुलनमा हुने, अरुचि नहुने कम हुन्छ ।
फोक्सो र कलेजो स्वस्थ राख्छ । नियमित स्याउ खानेलाई क्यान्सर हुने सम्भावना पनि कम हुन्छ । स्याउले दाँत बलियो चम्किलोसमेत बनाउन मद्धत गर्छ ।
बृद्धृबृद्धाले दिनहुँ स्याउ वा स्याउको जुस खाँदा पार्किन्सन्स र अलजाइमर्स रोग लाग्ने सम्भावना कम हुन्छ ।
स्याउले पित्तथैलीको पत्थरीको सम्भावनालाई कम गर्छ । यसैगरी स्याउले आँखा तेजिलो बनाउन मद्धत गर्छ । रोग प्रतिरोध क्षमता बलियो बनाउने सबैभन्दा उत्कृष्ठ फल स्याउ हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया