मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बाढीले आयोजना प्रभावित हुँदा ६ सय ४० मेगावाट जलविद्युत् उत्पादन बन्द

काठमाडौँ – निरन्तरको वर्षासँगै आएको बाढीको प्रभाव जलविद्युत उत्पादनमा पनि परेको छ । बाढीले आयोजनामा पुगेको क्षतिका कारण छ सय ४० मेगावाट जलविद्युत् उत्पादन बन्द भएको हो ।

 नेपाल विद्युत् प्राधिकरणका अनुसार रोल्वालिङ खोलामा आएको ठूलो बाढीका कारण चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले गए राति पौने २ बजेदेखि उत्पादन बन्द गरेको छ ।

यस्तै ६० मेगावाटको माथिल्ला त्रिशूली थ्री ‘ए’ र १० मेगावाटको सुनकोशी जलविद्युत आयोजनाबाट पनि विद्युत् उत्पादन बन्द भएको छ । 

यस्तै निजी क्षेत्रतर्फ ३६ मेगावाटको बलेफी, २० मेगावाटको तल्लो मोदी, १८ मेगावाटको मध्य मोदी र ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनाबाट बिजुली उत्पादन बन्द भएको छ ।

यस्तै बाढीकै कारण ५० मेगावाटको सोलु दुधकोशी, ४७ मेगावाटको लिखु एक, २९ मेगावाटको लिखु दुई, ३८ मेगावाटको मध्य तमोर, ६० मेगावाटको कालिगण्डकी ‘ए’, सात मेगावाटको मोदी, छ मेगावाटको त्रिशूली, पाँच मेगावाटको देविघाट र १४ मेगावाटको चमेलिया जलविद्युत आयोजनाको बिजुली उत्पादन आंशिक रूपमा प्रभावित भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

यसरी विभिन्न आयोजनाको विद्युत् उत्पादन प्रभावित भएपनि बिजुली अपुग भने नहुने प्राधिकरणले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?