मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एक पटक प्रयोग गरिसकेको तेल किन पुनः तताएर प्रयोग गर्नुहुँदैन ?

तेललाई पटक–पटक तताउदा अल्डिहाइड नाम गरेको टक्सिन उत्पन्न हुन्छ। यस्तो तेलको सेवन गरेपछि यसमा भएका टक्सिनहरुले शरीरभित्रको प्रोटिन, इन्जाइम र हर्मोनसित प्रतिकृया गरेर स्वास्थ्यलाई धेरै हानी पुर्‍याउन सक्छ।

डा ओममूर्ति अनिलका अनुसार सूर्यमुखीको तेल र भटमासको तेललाई पटक–पटक तताउँदा राम्रो अनस्याचुरेटेड फ्याट नराम्रो ट्रान्स फ्याटमा परिणत हुनसक्छ।

ट्रान्सफ्याट एक प्रकारको अनस्याचुरेटेड फ्याट हो, जसले नराम्रो कोलेस्ट्रोललाई बढाएर राम्रो कोलेस्ट्रोल (एचडीएल) घटाएर मुटुमा ब्लकेज (कोरोनरी हर्ट डिजिज) हुने सम्भावना बढाउछ। ट्रान्स फ्याटचाहिं स्याचुरेटेड एनिमल फ्याटभन्दा पनि बढी खतरनाक हुन्छ । यसले रक्तनलीमा रगत जम्ने सम्भावना बढाउँछ।

तेललाई पटक–पटक तताउँदा एक प्रकारको 4-Hydroxy-Trans-2-nonenal (HNE) नाम गरेको टक्सिन बन्छ, जसले गर्दा मुटुरोग, स्नायुरोग, कलेजोको रोग, क्यान्सर आदिको खतरा बढ्न सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?