मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विवाह गर्दा केटा–केटीको उमेरको फरक कति राख्ने ?

नेपाली समाजमा अधिकांश पुरुषले आफू भन्दा कम उमेरकै महिलासँग विवाह गर्छन् । प्रायः जोडीको अन्तर १० वर्षको हुने भए पनि कोही कोही को त १५ वर्षको अन्तरमा पनि विवाह भएको पाइन्छ । 

तर भविष्यमा त्यही उमेर भिन्नताले यौन जीवनमा प्रभाव पार्न सक्छ भन्नेतर्फ भने कसैको ध्यान गएको पाइदैंन ।

चिकित्सकहरू विवाहका लागि बढीमा ५ वर्षसम्मको मात्र ग्याप राम्रो हुने बताउँछन् । एकै उमेरमा विवाह गर्दा भावनात्मक सम्बन्ध र सोचाइ पनि मिल्ने भएकाले धेरै लामो अन्तरमा विवाह गर्नुहुँदैन ।

उमेरको बढी अन्तरले यौन जीवन प्रभावित हुनसक्छ । उदाहरणका लागि १५ वर्षको अन्तरमा विवाह भएको छ भने पुरुषको उमेर ५५ वर्ष पुग्दा महिलाको उमेर ४० मात्र हुन्छ ।

महिला ४० वर्षमा यौनमा निकै सक्रिय रहन्छन् तर प्रायः पुरुषमा ५५ वर्षको उमेरमा यौन क्षमतामा ह्रास हुँदै गएको हुन्छ । यस्तो अवस्थामा यौनकै कारण पारिवारिक समस्या उत्पन्न हुनसक्छ । उमेरको धेरै ग्यापले यौन भावना पनि अन्तर ल्याउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?