मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्ता छन् भातको माडका आश्चर्यजनक फाइदाहरू

काठमाडौँ – भातको माड हामीले पकाउने भात आधा पाकिसकेपछि तयार हुने बाक्लो तरल पदार्थ हो । कुनैले भातको माड तरकारीको लागी पनि राख्ने गर्छन् ।

तर भातको माड फ्याँक्नु भन्दा यसलाई प्रयोग गर्न जानेमा धेरै फाइदा लिन सकिन्छ । यो बच्चाहरूको धेरै समस्याको समाधान लागि पनि प्रभावकारी मानिन्छ।

यसका केही फाइदाहरू 

– माडले बालबालिकाको पेट गडबड हुने पक्रियालाई नियन्त्रण गरी आनन्द प्रदान गर्छ। भातको माड खुवाउँदा बच्चालाई तारन्तार दिसा लाग्दैन। भातको माडमा हुने कार्बोहाइड्रेडले बच्चालाई कमजोरीबाट जोगाउँछ। तर चार महिनाभन्दा मुनिको बच्चालाई माड खुवाउनु उति राम्रो मानिँदैन।

– भातको पानीमा हुने फाइबरले पेट दुख्ने र पाचनसँग सम्बन्धित समस्यालाई समाधान गरिदिने हुँदा पेट डुम्म भयो वा दिसा गर्न समस्या भएमा दैनिक एक गिलास भातको माड खाँदा कब्जियतबाट छुटकारा मिल्छ।

– भातको माडलाई अनुहारमा लेपन बनाएर लगाउँदा अनुहार सफा, चम्किलो र कसिलो हुन्छ। छाला चिलाउने समस्यामा पनि माड उपयोगी हुन्छ। चिलाएको ठाउँमा भातको माड लगाएर केही समयपछि मन तातो पानीले नुहाउँदा चिलाउने हराएर जान्छ। मुखमा फुस्रो दाद, रातो बिमिरा आएमा माड लगाउन सकिन्छ।

– भातको पानीमा एउटा स्वाभाविक चिस्याउने तत्त्व हुन्छ जसले घामको प्रकाशले डढेको छालालाई चिस्याउन र जलन रोक्न सहयोग पुर्‍याउँछ। 

– भिटामिन बी–६ दिमागको विकासका लागि महत्त्वपूर्ण मानिन्छ। चामललाई केही बेर तातो पानीमा पकाउँदा पानीमा सजिलै भिज्ने यी भिटामिन उत्पन्न हुन्छन्। बच्चालाई भिटामिनको कमी छ भने नियमित भातको माड खुवाउँदा फाइदा गर्छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?