काठमाडौँ– फेसबुकले आफ्नो मेसेन्जर प्रयोगकर्ताहरूलाई स्क्रिन शेयर फिचर उपलब्ध गराएको छ । यो फिचरबाट मेसेन्जरमा भिडियो तथा अडियो कल गर्दा आफ्नो डिभाइसको स्क्रिन शेयर गर्न सकिने छ ।
एन्ड्रोइड तथा आइफोनमा स्क्रिन शेयर गर्न
– सबै भन्दा पहिला कसैलाई म्यासेन्जरमा कल गर्ने,
– कल गरिरहेको बेला कल कन्ट्राेलका अतिरिक्त फिचर देखाउनका लागि स्क्रिन स्वाइप गर्ने,
– त्यसपछि सेयर स्क्रिन भन्ने आइकनमा ट्याप गर्ने,
– त्यसपछि स्टार्ट सेयर स्क्रिन सेयरमा टच गर्ने,
– यति गरेपछि तपाईँको स्क्रिन सेयर हुन्छ । तर कतिपय डिभाइसमा निश्चित एप्लिकेसन विन्डो मात्रै शेयर गर्ने विकल्प दिएको हुन्छ त्यस्तो भएमा आफूलाई उपयुक्त हुने विकल्प छान्न सकिन्छ ।
– त्यसपछि मेसेन्जरलाई स्क्रिन रेकर्ड गर्ने अनुमति दिनुपर्ने हुनसक्छ । यसका लागि अलाे वा स्टार्ट रेकडिङमा ट्याप गर्ने यति गरिसकेपछि तपाईँको स्क्रित सेयर हुन्छ ।
अब हटाउने कसरी त ?
स्क्रिन शेयर गर्ने बेलामा स्क्रिनको माथि वा तल्लो भागमा सानो कन्ट्रोल प्यानल हुन्छ यसबाट शेयरिङ बन्द गर्न, माइक्रोफोन म्युट गर्न तथा क्यामरा खोल्न वा बन्द गर्न सकिन्छ । र त्यसमा स्टप भन्ने बटनमा क्लिक गर्दा बन्द हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया