मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

युरोपका विभिन्न देशमा प्रस्तुति दिँदै धुर्मुस–सुन्तलीको जोडी

काठमाडौँ– हास्यकलाकारद्धय सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले पहिलो पटक युरोपका विभिन्न देशमा प्रस्तुति दिने भएका छन् ।

आफ्नो कलाकारिताको यात्रामा अमेरिका लगायतका अन्य देशमा पुगेपनि उनीहरु युरोपेली देशमा अहिलेसम्म पुगेका थिएनन् । उनीहरुले पहिलोपटक युरोपका झण्डै दर्जन बढी देशहरुमा रहेका नेपाली दर्शकलाई हँसाउँने भएका हुन् ।

धुर्मुस् सुन्तली साँझ कार्यक्रम अन्तर्गत पहिलो प्रस्तुति जुलाई ८ मा फिनल्याण्डमा गरिने आयोजक संस्था चौतारी इभेन्ट्सले जनाएको छ । यस्तै दोस्रो कार्यक्रम जुलाई १३ मा माल्टामा रहने बताइएको छ । त्यसैगरी अगस्ट ३ मा क्रोएसिया, अगस्ट ५ मा बेल्जियममा कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

साथै माल्टा, स्पेन, पोल्याण्ड, जर्मनी, अस्ट्रिया, डेनमार्क लगायतका देशहरुमा कार्यक्रममा आयोजना गरिएको जानकारी दिइएको छ । धुर्मुस–सुन्तलीको साथमा गायक बिष्णु खत्री, तुल्सी सिवाकोटीको पनि प्रस्तुति रहनेछ ।

कलाकार धुर्मुस् सुन्तली पहिलोपटक युरोपको कार्यक्रममा निस्किने तयारीमा छन् । उनीहरुले बिदेशको कार्यक्रम नै ५ बर्षपछि गर्दैछन् । उनीहरु पछिल्लो पटक वि.सं. २०७५ को अन्तिममा दुबईको एक कार्यक्रममा पुगेका थिए ।

‘अहिले युरोपमा रहनुभएका नेपालीहरुलाई भेट्न पाउँदा खुसी लागेको छ । धेरैपछि विदेशी भूमिमा रहेर विभिन्न कर्म गर्नुहुने नेपाली दर्शकलाई प्रस्तुति देखाउन तयारी गर्न पाउँदा निकै खुसी लागेको छ । आयोजक टिमलाई विशेष धन्यवाद दिन्छौं ।,’ कलाकार धुर्मुस्ले भने ।

यस्तै उनले आगामी दिनमा अन्य देशहरुमा पनि कुरा भइरहेको र अब निरन्तर कलाकारितामै सक्रिए रहने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?