मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मध्यरातमा खाना खाने बानीले निम्त्याउँछ यस्तो जटिल स्वास्थ्य समस्या  

मानव शरीरका लागी बिहान, दिउसो र बेलुका दिनमा तिन पटक भोजन गर्न आवश्यक छ । र शरीर स्वस्थ बनाउन समयमा भोजन गर्नु जरुरी हुन्छ ।

तर, अहिलेको व्यस्त जीवनशैलीका कारण धेरै मानिसहरूले समयमा खाना–खाजा  खान पाइरहेका हुँदैनन् । यस्तोमा कतिपय व्यक्तिहरूले आधा रातमा भोजन गर्ने गर्छन् ।

तर यसो गर्नु सही नहुने चिकित्सकहरू बताउँछन् । आज हामी रातको समयमा भोजन गर्दा स्वास्थ्यमा कति असर पर्छ भन्ने सन्दर्भमा जानकारी गराउँछौ । 

–मधुमेहका बिरामीले आधा रातमा खाना खानुहुन्छ भने यसले रगतमा सुगरको मात्रा बढ्न सक्छ ।

–यदि तपाईँ पनि रातमा उठेर भोजन गर्नुहुन्छ भने यो हानिकारक हुन्छ । यसो गर्नाले मानिसलाई शरीरसँग जोडिएका कैयौँ समस्या हुन सक्छन् ।

–आधा रातमा क्यालोरी वा कार्बोहाइड्रेट भएका चीज सेवन गर्नाले व्यक्तिलाई छाती पोल्ने समस्या हुन सक्छ । साथमा पेटमा गर्मी पनि हुन सक्छ ।

–आधा रातमा भोजन गर्दा हर्मोनल असन्तुलनको कारण बन्न थाल्छ । जसले गर्दा मेटाबोलिज्म पनि ढिला हुन्छ । यसले मोटोपनको समस्या आउन थाल्छ ।

–आधा रातमा नसुतेर खाना खाने बानीले मानिसको निद्रा बिग्रन्छ । जसले गर्दा बिहान उठ्दा पनि तनाव महसुस हुन्छ ।

–समयमा खाना नखाँदा व्यक्तिलाई ग्यास, एसिडिटी तथा अपच जस्ता समस्या हुन सक्छ । यस्तोमा समयमा खाना खाएर सुत्नु नै फाइदाजनक साबित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?