मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रतीक थापालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौँ – पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका थापालाई काठमाडौं जिल्ला अदालतले उनलाई थुनामा राख्न आदेश दिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित रहेका थापालाई गत शुक्रबार काठमाडौंको बौद्धबाट पक्राउ गरेको थियो ।

यस प्रकरणमा थापासहित ३० जनाविरूद्ध ०८० जेठ १० गते सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?