काठमाडौँ – स्वास्थ्य होस कि सुन्दरता यो हाम्रै जीवनशैलीमा निर्भर हुन्छ । सुन्दर, गोरो र चम्किलो अनुहार बनाउन सधैँ प्रयासरत पनि हुन्छौ । क्रिम पाउडर आदि लगाएर पनि अनुहार टल्काउने गर्दछौ।
तर घरेलु उपाय भने हामीलाई थाहा नहुन सक्छ । तर हामी दिनमा केही समय मात्रै छुट्टाए सुन्दर हुने उपाय हामी आज बताउँदै छौँ ।
– घाममा तपाईँको छालाको रङ फिक्का या कालो भएको छ भने काँचो टमाटरलाई मिचेर मोही हालेर अनुहार र छालामा लगाउनुहोस्, छालालाई शीतलता प्रदान हुनेछ र कालोपना पनि हट्नेछ।
– नुहाउने पानीमा एक गिलास लस्सी हालेर नुहाउनाले पनि बिस्तारै बिस्तारै सनटेन हट्नेछ ।३।एक सानो चम्चा काँक्राको रस, आधा चम्चा ग्लिसरिन र एक चम्चा गुलाबजल मिलाएर घामले डढेको छालामा लगाउनाले छाला नरम र गोरो हुँदै जानेछ।
– टमाटर र दही बराबर मात्रामा लिएर राम्ररी फिट्नुस् र यो मिश्रणलाई छालामा लगाएर १० मिनेटसम्म राख्नुस् र चिसो पानीले धुनुहोस् । यो सनबर्नको लागि राम्रो टनिक हो।
– काँचो दूधमा गुलाबजल हालेर कपासले छालामा लगाउनुहोस् । यसो गर्दा छालाको पुरै मैला कपासमा आउने गर्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया