मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

घर वरिपरि किन तित्रीको बोट रोप्नु हुँदैन ?

काठमाडौँ– वास्तुशास्त्र एक प्राचीन शास्त्र हो । यसले आफ्ना घर वरिपरिको वातावरणदेखि लिएर घर कसरी र कस्तो बनाउने कुन दिशामा के राख्ने भनेर पनि दिशा निर्देशन गर्दछ ।

वास्तुशास्त्र अनुसार घर वा आसपासको वातावरण वास्तु अनुरूप भए शुभ हुने मान्यता छ ।

वास्तुशास्त्रमा कुनै बोट बिरुवाहरू घर वरिपरि राख्दा निकै शुभ हुने मान्यता छ भने केही बोटबिरुवाहरू घर वरिपरि रोप्दा अशुभ हुने मान्यता रहेको छ । त्यसैले आज हामी घर वरिपरि रोप्न नहुने बिरुवा तित्रीको बोटको बारेमा चर्चा गर्नेछौँ ।

तित्री शरीरको स्वास्थ्यका लागि लाभकारी नै मानिन्छ । स्वास्थ्यका हिसाबले यसले तौल कम गर्न पनि मद्दत गर्छ । अमिलो चटनी बनाउनका साथै अचारमा स्वाद बढाउन पनि तित्री सहयोगी बन्छ ।

यसमा भिटामिन सी, ई, बी, क्याल्सियम, आइरन, म्याग्नीज, पोटासियम, फस्फोरस र फाइबर जस्ता पदार्थहरु पाइन्छ । जसले बोसो पगाल्न मद्दत गर्छ । तर वास्तुशास्त्रले तित्रीको बोट अशुभ मानेको छ ।

वास्तुशास्त्र अनुसार घर वा आसपास तित्रीको बोट भए नकारात्मक ऊर्जा उत्पन्न हुने विश्वास गरिन्छ । जसका कारण घरका सदस्य बिरामी पर्न सक्ने, आपसी मनमुटाब बढ्ने मान्यता छ ।

तित्रीको बोट घर वा आसपासमा रोप्न नहुने वास्तुको मान्यता छ । अन्यथा यसबाट उत्पन्न हुने नकारात्मक ऊर्जाका कारण परिवारका सदस्यहरुबीच आपसी मनमुटाब बढ्ने विश्वास गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?