मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पप गायक विष्टको गीतमा ४० वर्षपछि ‘श्रव्यदृश्य’

काठमाडौँ – नेपाली सङ्गीतमा परिचित पप गायक ओमविक्रम विष्टले ४० वर्षअघि शब्द र सङ्गीत दिएको ‘मलाई छोडी दू्र नजाउ’ गीतको श्रव्यदृश्य सामग्री आज सार्वजनिक गरिएको छ ।

पप सम्राट भनेर चिनिने गायक विष्टको उपस्थितिमा सार्वजनिक गरिएको श्रव्यदृश्यको विजयराज भूर्तेलले निर्देशन गर्नुभएको छ । सोही कार्यक्रममा गायक शशी गुरुङको स्वरमा रहेको अर्को श्रव्यदृश्यसमेत सार्वजनिक गरियो । भूषण खरेलको शब्द, जेम्स प्रधानको सङ्गीत रहेको गीतको श्रव्यदृश्यमा जेम्स प्रधानको निर्देशन रहेको छ ।

६७ वर्षीय गायक शशी गुरुङ ४७ वर्षदेखि सङ्गीत क्षेत्रमा संलग्न छन् । उनले करिब एक सय गीत रेकर्ड गरिसक्नुभएको छ । उहाँ सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी नायब उपरीक्षक पदबाट अवकाश छन् ।

गीतकार दिनेश अधिकारी, श्रीपुरुष ढकाल र सङ्गीतकार राजु सिंहले ६७ वर्षको उमेरमा पनि गायक शशी गुरुङको सङ्गीतप्रतिको समर्पण अनुकरणीय रहेको भन्दै प्रशंसा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?