काठमाडौँ– नयाँ हिन्दी यूगल गीत ‘सिद्धत’ सार्वजनिक भएको छ । बलिउडका गायक कुमार सानु तथा गायिका रानी शाक्यको स्वरमा रहेको सो गीत सार्वजनिक गरिएको हो ।
गीतको म्युजिक भिडिओमा अभिषेक खड्का तथा कुसुम शर्माको अभिनय रहेको छ । गीतमा नील शाक्यको संगीत र निशिला शाक्यका शब्दहरु रहेको छ ।
भिडिओलाई रामजी लामिछानेको निर्देशन तथा कोरियोग्राफी गरेको छ भने माननकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया