काठमाडौँ – स्मिता दाहालको नयाँ गीत ‘ज्यानमाया’ सार्वजनिक भएको छ ।
गायनमा सक्रिय रहेकी स्मिताले शुक्रबार नयाँ गीत सार्वजनिक गरेकी हुन।नवराज ढुङ्गानाको शब्द, दीपक शर्माको सङ्गीत रहेको गीतको भिडियोमा प्रियङ्का कार्की, कविता नेपाली, सरोज वली लगायतको अभिनय छ ।
वली सुटिङ स्पटबाटै हिरोइन अपहरण गर्ने भिलेनको भूमिकामा छन् । प्रियङ्का–सरोजले यसअघि ‘ए केटा मादलु पड्का’मा सँगै अभिनय गरेका थिए ।
मस्वेत रसाइलीले एरेन्ज गरेको गीतको भिडियो छायाङ्कन र सम्पादन पवन सुस्लिङले गरेका हुन् । भिडियोको निर्देशन गम्भीर विष्टले गरेका छन् ।
उनले यसअघि ‘मायालु तिमी कता छौं’, ‘मालिङ्गो’, ‘आँखामा गाजल’, ‘लुकाउने ठाँवै छैन’ आदि जस्ता गीतहरू गाइसकेकी छिन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया