सुन्दर हुन खोज्नु हर कोहीको बानी नै हो । तर तर सुन्दर बन्न के गर्नुपर्छ त्यसको जानकारी नहुनाले वा उपाय नजान्नाले हामी आफूलाई आकर्षक बनाउन सकिरहेका हुँदैनौ ।
प्रायजसो हामी चलचित्र वा टेलिभिजन स्क्रिनमा देखिएका कलाकार तथा प्रस्तोतालाई आकर्षक देख्दछौ । उनीहरूको त्वचाको सुन्दरताले हरेकलाई प्रभावित पार्दछ । तर त्यही सुन्दरताका लागि गर्नुपर्ने काम त हामी गर्दैनौ नै उल्टै केही यस्ता बानी अपनाउँछौ जसले हानी गरिरहेको हुन्छ । आज हामी छालाको सुन्दरता बिगार्ने यस्तै केही बानीहरू बारे बताउँदै छौँ ।
– तातो पानीले धेरै बेर नुहायो भने छालामा हुने फ्याट्टी एसिड, सेरामाइड्सजस्ता तत्व नष्ट हुन्छ र यसले छालालाई रुखो, सुका र फुस्रो बनाउँछ। त्यसैले तातो पानीले १० अथवा १५ मिनेटभन्दा बढी नुहाउनु हुँदैन।
– साबुनले मुख धुनाले मुखमा भएको मोइस्चराइजर कम हुन्छ र अनुहार फुस्रो बन्छ। जीउमा दल्न पनि तेल मिश्रित साबुन, बडी वास अथवा सुगन्ध नमिसाइएको साबुन छान्नुपर्छ।
– नुहाएपछि हामी कपाल र शरीरलाई तौलियाले बेस्कन पुछ्ने गर्छौँ। यसो गर्दा छाला रगडिने, यसको मोइस्चराइजर उड्ने गर्छ। नुहाएपछि जोडले कपाल पुछ्यो भने कपाल झर्ने गर्छ। त्यही भएर नुहाएपछि तौलियाले बिस्तारै पुछेर शरीरलाई ओभानो बनाउनुपर्छ।
– छाला सुन्दर बनाउन सधैँ सन्तुलित तथा भिटामिन युक्त आहार खानुपर्छ । दैनिक फलफूल तथा सागपातको सेवन गर्नुपर्छ । दैनिक ४ लिटर भन्दा बढी पानी पिउने बानि बसाउनुहोस् । साथै पर्याप्त निदाउने गर्नुपर्दछ । निन्द्रा नपुग्दा, रुँदा वा थकानले पनि छालाको सुन्दरता गुम्ने गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया