मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लालीगुराँस बहुउद्देश्यीय सहकारीका सञ्चालक भण्डारी पक्राउ

काठमाडौँ – ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ परेका छन्।

नेपाली कांग्रेसका केन्द्रीय सहकारी विभागका प्रमुख समेत रहेका भण्डारीमाथि बचतकर्ताको ६ अर्ब रुपैयाँ बचतबाट निजी कम्पनीमा लगानी गर्नुका साथै राजनीतिक दलका नेताका आफन्तलाई ऋण दिई दुरुपयोग गरेको आरोप लागेको छ ।

सहकारी विभागले गरेको स्वतन्त्र अनुगमनमा जनताको बचत दुरुपयोग गरी सञ्चालकहरूको नाममा खुलेका विभिन्न निजी कम्पनीमा लगानी गरेको र निक्षेप फिर्ता नगरेको पाइएपछि सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको थियो ।

उनलाई उपत्यका अपराध महाशाखाको टोलीले शुक्रबार राति बालुवाटारबाट पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?