मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भिजाएर नखानुस् यी ड्राइ फ्रुट्स

काठमाडौँ – मानिसहरू धेरैजसो गर्मीमा बदाम र ओखरजस्ता ड्राइ फ्रुट्सलाई भिजाएर खान मन पराउँछन् तर यस्ता थुप्रै ड्राइ फ्रुट्स हुन्छन् जुन भिजाएर खानु हुँदैन ।

पोषणविद्का अनुसार खजुर, किसमिसलगायतलाई भिजाएर खानु हुँदैन । यसलाई भिजाउँदा यसको गुण पानीमा घुलिने गर्छ र डाइ फ्रुटमा कुनै गुण नै बाँकी रहँदैन ।

यद्यपि बदाम र ओखरलाई भने भिजाएर खान सकिन्छ । भिजाउँदा यसको तातो पानीमा घुलिने गर्छ जसका कारण यो शरीरका लागि फाइदाजनक साबित हुनसक्छ र यसले पाचनमा पनि सहयोग गर्छ । 

तर बुझ्नपर्ने कुरा के छ भने पानीमा भिजाउँदा यसमा पाइने फाइटिक एसिडको मात्रा कम हुन्छ जसले यसलाई पच्न योग्य बनाउँछ ।

फाइटिक एसिड नट्समा पाइने एउटा केमिकल हो जुन बोटबिरुवाले आफूलाई संक्रमणबाट टाढा राख्नका लागि आफैँले बनाउने गर्छ । ड्राइ फ्रुट्सलाई भिजाउँदा फाइटिक एसिड कम हुन्छ र मिनरल्सको अब्जप्र्सन बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?