मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

काठमाडौँका यी क्षेत्रमा आज ७ घण्टा विद्युत् काटिने

काठमाडौँ – आज काठमाडौँका विभिन्न स्थानमा आज सात घण्टा बत्ती काटिने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै रत्नपार्क वितरण केन्द्रको बबरमहल फिडर अन्तर्गत पर्ने क्षेत्रहरूमा अहिले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरूद्ध हुने जनाएको छ।

प्राधिकरणका अनुसार उक्त फिडर अन्तर्गत पर्ने खुलामञ्च क्षेत्र, सैनिक मञ्च हुँदै भद्रकाली, कृषि विकास बैंक, नेपाल आर्मी ब्यारेक, सुनधारा, भन्सार विभाग हुँदै रानीपोखरीसम्म विद्युत् काटिने छ।

ती क्षेत्रमा प्रिभेन्टिभ मेन्टिनेन्स गर्नका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले ती स्थानमा विद्युत् काटिने र काम अगाडि नै सकिए विद्युत् सेवा शुरू हुने प्राधिकरणले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?