मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

७ वटा शहरमा स्थानीयको जीवनस्तर सुधार गर्ने महत्वकांक्षी परियोजना शुरु

काठमाडौँ –  शहरी विकास मन्त्रालयले एसियाली विकास बैंक एडिवीको सहयोगमा नेपालका ७ वटा शहरमा स्थानीयको जीवनस्तर सुधार गर्ने महत्वकांक्षी परियोजना शुरु गरेको छ । 

शहरी विकास तथा भवन निर्माण विभागको समन्वय कार्यालय मार्फत सञ्चालन गरिने उक्त परियोजना पोखरा महानगरपालिका, जनकपुर उपमहानगरपालिका र लुम्बिनी प्रदेशका पश्चिमी शहरी कलष्टरका ५ नगरपालिकामा कार्यान्वयन गरिनेछ । 

परियोजनालाई प्रभावकारी ढंगबाट सञ्चालन गर्ने सन्दर्भमा शुक्रवार शहरी विकासमन्त्री धनबहादुर बुढाले एसियाली विकास बैंकका प्रतिनिधीहरुसँग प्रारम्भिक बैठक गरेका थिए । बैठकमा मन्त्रालयका सचिव मणिराम गेलाल, भवन विभागका महानिर्देशक कुमार घिमिरे, उपमहानिर्देशक नारायण भण्डारी लगायतको उपस्थिति थियो । 

उक्त प्रारम्भिक बैठकमा सहभागिता जनाउन एडिवीको मुख्य कार्यालय मनिलाबाट परियोजनाका टिम लिडर प्याट्रिक ल्याभे्ररी, पोर्टफोलियो म्यानेजर हिराकु सोजी लगायत टिम नेपाल आएको थियो । 

वैठकलाई सम्बोधन गर्दै मन्त्री बुढाले स्थनिय सरकारसँग मिलेर निर्देशित कार्ययोजना अनुसार परियोजनालाई अघि बढाउन निर्देशन दिए । 

शहरी विकास मन्त्रालयको समन्वयमा एडिवीले यसअघि पनि थुप्रै परियोजना सफलतापूर्वक सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दै मन्त्री बुढाले आगामी दिनमा पनि जनताको जीवनस्तर सुधारका लागि यस्ता खाले परियोजना थप गर्दै लैजानुपर्नेमा जोड दिए । 

परियोजनाले स्थानीयको जीवनस्तर सुधार गर्न नगरपालिकाको पूर्वाधार र सेवाहरुमा सुधार गर्नुका साथै प्राकृतिक, सांस्कृतिक र पर्यटन प्रर्वद्धनलाई पुनर्जिवित गर्ने लक्ष्य लिएको उक्त परियोजनाका निर्देशक रोशन श्रेष्ठले बताए ।

साथै उक्त परियोजनाले सात नगरपालिका र शहरी विकास तथा भवन निर्माण विभागको संस्थागत क्षमतामा समेत सुधार गर्ने लक्ष्य लिएको छ । 

यस परियोजनाले जलवायु र विपद् जोखिमहरूको विरुद्ध उद्यमशीलता वृद्धि, र दिगो पर्यटन मार्फत स्थानीय आर्थिक वृद्धि प्रदान गर्न अध्ययनसहित भू उपयोग योजना तथा निर्माण गर्ने लक्ष्य राखेको निर्देशक श्रेष्ठले बताए ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?