मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘पद्मश्री साहित्य पुरस्कार– २०८०’ का लागि उत्कृष्ट १५ कृतिको सूची सार्वजनिक

काठमाडौँ – नेपाली साहित्यको क्षेत्रमा प्रदान गरिँदै आएको पद्म श्री साहित्य पुरस्कारको यस वर्षका उत्कृष्ट १५ कृतिको सूचि सार्वजनिक गरिएको छ ।

पुरस्कार प्रदान गर्ने खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले एक विज्ञप्तिमार्फत यो सूचि सार्वजनिक गरेको हो । 

विसं. २०८० सालमा प्रकाशित १८६ वटा साहित्यिक पुस्तक  प्रतिष्ठानमा प्राप्त भएकोमा ती मध्ये पुरस्कार चयन समितिले पहिलो चरणमा १५ वटा कृतिको सूचि उपलब्ध गराएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए ।

उनका अनुसार यो सुचीबाट समितिले अर्को महिना पाँच वटा पुस्तकको उत्कृष्ट संक्षिप्त सुची चयन गर्नेछ । यस प्रतिष्ठानले वि. सं.२०६३ सालदेखि मोफसलमा प्रकाशित उत्कृष्ट कृतिलाई पद्म श्री साहित्य पुरस्कार प्रदान गर्दै आएकोमा वि.सं. २०६६ सालबाट देश तथा विदेशबाट समेत नेपाली भाषामा प्रकाशित उत्कृष्ट साहित्यिक कृतिलाई यो पुरस्कार प्रदान गर्दै आएको छ। 

पद्म श्री पुरस्कार पहिलो पटक पाउने स्रष्टा गणेश रसिक हुन्। उनलाई वि.सं. २०६३ मा ‘दशगजामा उभिएर’ भन्ने कृतिका लागि प्रदान गरिएको थियो

यी हुन पद्म श्री साहित्य पुरस्कार– २०८० का लागि छानिएका उत्कृष्ट १५ कृति

१.अडिएका पाइला- उपन्यास, विष्णु सापकोटा

२.अद्वैत- उपन्यास, कृष्ण गौतम

३.अर्को देशमा-कथा संग्रह, सानु शर्मा

४.गल्ली संसार-निबन्ध संग्रह, रोशन शेरचन

५.गोधूलि गीत- उपन्यास, भानु बोखिम

६.गोपीचा- उपन्यास, विश्व कुइकेल

७.जोगियाना- संस्मरण, कुमार नगरकोटी

८.बहादुर शाह- उपन्यास, चिरन्जीवी वाग्ले

९.बागी स्त्रीको आत्मकथा- कविता संग्रह, सुमिना

१०.बादलडाँडा- नियात्रा, राजेन्द्रमान डंगोल

११.बोरा- उपन्यास, अखण्ड भण्डारी

१२.भृकुटी- उपन्यास, गोविन्दप्रसाद कुसुम

१३.लन्डन अनप्लग्ड- संस्मरण, गोपी सापकोटा

१४.संस्कृति चिन्तन – निबन्ध संग्रह, अरुण गुप्तो

१५.साखेजुङको उकालो- जीवानाख्यान, भुवनहरि सिग्देल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?