मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लमजुङका वाईसीएल नेताले रुस –युक्रेन युद्धमा ज्यान गुमाए

काठमाडौँ – रुस–युक्रेन युद्धमा परी एक नेपाली युवाले ज्यान गुमाएका छन् । ज्यान गुमाउने लमजुङका वाईसीएल नेता साजन गुरुङ रहेका छन् । 

उनी लमजुङको दुधपोखरी गाउँपालिका वाईसीएलका अध्यक्ष रहेको माओवादी नेताले जानकारी दिएका छन् ।

पूर्वी लमजुङको गोर्खासँग सीमा जोडिएको दुधपोखरी गाउँपालिका जनयुद्धकालदेखि नै माओवादी प्रभावित क्षेत्रका रूपमा चिनिन्थ्यो।

यो क्षेत्रलाई माओवादीले आधार क्षेत्रका रूपमा प्रयोग गरेको थियो। साजनका बुबा श्रीमान गुरुङ युद्धकालमा नै माओवादी पार्टीमा आवद्ध भएका थिए। उनी हाल माओवादी केन्द्रका लमजुङ जिल्ला सदस्य छन्। 

साजन पिता श्रीमान गुरुङका भनाई अनुसार छोरा साजन वैदेशिक रोजगारीका लागि भन्दै गत भदौ पहिलो हप्ता विदेश उडेका थिए। 

तर खाडी मुलुक जान्छु भनेर हिँडेका साजन रुसी सेनामा भर्ती भएको जानकारी परिवारले असोजमा मात्र थाहा पाएको थियो। 

साजनसमेत गरी रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको सख्या १२ पुगेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?