शीरको कपालले मानिसको शोभा बढाइदिन्छ । कपाल मानिसको सौन्दर्यको एक पाटो पनि हो । यसकारण हामीले कपालको स्याहार गर्न आवश्यक छ ।
हामी दिनमा कतै हिँड्दा धुलोबाट जोगाउनको कपाल सपक्क बान्छौ, स्कार्फले छोप्छौ । तर राती सुत्ने बेलामा भने हामी कपाललाई खासै केयर गर्दैनौँ ।
तर विशेष गरेर दिनमा भन्दा पनि राती सुत्ने बेलामा कपालको ख्याल गर्नुपर्छ । यदि राती सुत्ने बेलामा कपालको ख्याल गरिएन भने टुक्रिने रुखो हुने झर्ने जस्ता समस्याहरू आउने गर्छन् ।
राती सुत्दा सुत्ने पोजिसन फरक –फरक हुने भएकाले कपाल पनि एउटै पोजिसनमा रहदैन । त्यसकारण कपाल लट्टा पर्ने, झर्ने जस्ता समस्याहरू बढेर जान्छ ।
कतिपयले राती कपाल बाँधेर सुत्दा झर्छ भन्ने गरेको सुनिन्छ । कसैले राती कपाल बाँध्नु हुँदैन छोडेर सुत्नुपर्छ भन्ने गर्छन् । मानिसहरूमा कपाल बाँधेर सुत्ने वा छोडेर सुत्ने भन्नेमा दुबिधा छ । तर रातको सयमयमा कपाल खोलेर भन्दा कपाल बाँधेर सुत्न ठिक हुन्छ । किनकि कपाल खोलेर सुत्दा कमजोर हुने र झर्ने भएकाले बाँधेर सुत्दा नै राम्रो हुन्छ । यसबाट कपाल झर्ने समस्या कम हुन्छ ।
यस्तो छ कपाल बाँधेर सुत्नुको फाइदा
–राती सुत्न प्रयोग गरिएको तकियाले कपालमा प्रयोग गरिएको तेल सोच्ने भएकाले कपाल रुखो हुने गर्छ । जुन समस्याबाट बच्नको लागि कपाल खोलेर सुत्नुभन्दा बाँधेर सुत्नु राम्रो हुन्छ ।
–राती सुत्ने बेलामा कपाल बाँधेर सुत्नाले टुक्रने, डर हुँदैन । सुतीको तकियाको प्रयोग गरेर सुत्नाले कपाल सुख्खा हुन्छ । यसबाट बच्नको लागि तकियाको खोल सिल्कको प्रयोग गर्नुपर्छ ।
–कपाललाई स्वस्थ राख्नको लागि भिजेको कपाल बाँध्न हुँदैन । कपाललाई सुकाएर हल्का गरी बाँध्नुपर्छ । यसो गर्दा कपाल टुक्रन ८० प्रतिशत कम गर्छ ।
–कपालको हेरचाह गर्न तेल लगाउनु राम्रो मानिन्छ । यसले कपालसँग जोडिएका विभिन्न समस्या कम हुन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया