मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गुगलले उल्था गर्ने भाषामा थपियो नेपाल भाषा

काठमाडौँ –  सर्च इन्जिन गुगलले नेपाल भाषा (नेवारी)मा पनि उल्था गर्ने भएको छ ।

पहिले अङ्ग्रेजी, नेपाली, हिन्दीसहित १३३ वटा भाषामा उल्था गर्ने गुगलले अहिले थप गरेको ११० वटा भाषामा नेवारी पनि समेटिएको हो । योसँगै गुगलबाट अब अरु भाषाबाट नेवारी भाषामा उल्था गर्न सकिने छ । 

आफ्नो यो अपडेटले अनुवाद सेवालाई अधिक समावेशी र सुलभ बनाएको गुगलले दाबी गरेको छ ।

शुरुमा गुगलले अङ्ग्रेजी, चाइनिज, फ्रेन्च, जर्मन, जापनिज, कोरियन, पोर्चुगिज, स्पेनिस र टर्किस भाषामा उल्था गर्न थालेको थियो । २०७० सालदेखि नेपाली भाषा पनि थपिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?