मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कस्तो रोग हो मेनिया, कस्ता व्यक्तिहरूलाई हुने सम्भावना बढी हुन्छ ?

मेनिया भनेको मुड डिसअर्डर हो ।

यो अवस्थामा मान्छेले ठुला–ठुला कुरा गर्ने, औकातभन्दा माथि जाने,आफैलाई भगवान सम्झने, आफूलाई विद्वान सम्झने, म सबै कुरा गर्न सक्छु भन्ठान्ने, एकदमै हाइपर याक्टिभ हुने, एउटा काम गर्दा गर्दै अर्को काम गर्न जाने, एकदमै यौन चाहानाहरू पनि बढ्ने, निन्द्रामा समस्या हुने, मिठा–मिठा खानेकुराहरू माग्ने आत्मबल बढ्ने , बढी आक्रामक स्वभावको हुने हुन्छ ।

सामान्य बोलीचालीको भाषामा भन्नुपर्दा यसलाई पागलपन भनिन्छ । यो अवश्य पनि अन्य मानसिक रोगहरुभन्दा खतरनाक रोग हो ।

यो समस्या भएपछि मान्छेले कुनै काम नै गर्न सक्दैन । जस्तै एउटा अफिसमा काम गर्ने फिमेललाई मेनिया भयो भने उसले अफिस गएर काम गर्नै सक्दैन । उसको कार्यक्षमतामै ह्रास आउँछ । मेनियाको बिरामीलाई अस्पतालमै लगेर उपचार गराउनुपर्छ । अन्य मानसिक समस्या जस्तो थेरापी,पारिवारिक रेखदेखले मात्रै नियन्त्रणमा आउँदैन । 

लक्षणहरू

–एकै ठाउँ बस्न नसक्ने

–आत्मबल निकै बढ्ने, आफूले आफैलाई महान् सोच्ने ।

–यौन चाहाना बढ्दै जाने 

– अधिक आत्मसम्मान र महत्त्वाकाङ्क्षी सोचाइ भावना घरीघरी आउने 

– एक्कासि आवेगमा आउनु

–निन्द्रा नलाग्ने

– असामान्य रूपले कुरा गर्ने , धेरै गफाडी हुने

– मनमा धेरै कुरा खेलिरहने

– अधैर्य हुने, ठूला–ठूला कुरा गर्ने । 

कारण 

१.वंशाणुगत कारण 

परिवारमा काका, बा,बाजे,जिजु बा अथवा अन्य कोहीमा यो समस्या छ भने तपाईँमा पनि यो समस्या देखिन सक्छ । 

२.न्युरोकेमिकल समस्या

दिमागमा डोपामिनको मात्रा एकदमै बढ्यो भने पनि मेनियाको समस्या हुनसक्छ ।

३. साईकोलोजिकल कारण

जस्तै तपाईँलाई एकदमै तनाव भयो,स्ट्रेस एकदमै बढी लिनुहुन्छ भने पनि यो समस्या हुन्छ । साथै लागु औषध दुर्व्यसनको कारण पनि यो मेनिया हुन सक्छ । 

कुन उमेर समूहका र कस्ता व्यक्तिहरूमा यो समस्या बढी मात्रामा देखिने गर्छ ?यस्तो समस्या मुख्य गरी २० वर्ष पेरिफेरिका मानिसहरुमा देखिने गर्छ । वृद्धा मानिसहरुलाई पनि यो रोग लाग्न सक्छ तर एडल्ट मानिसहरुको तुलनामा एकदमै  कमै मात्रामा देखिने गर्छ । 

यसको रोकथाम र उपचार 

यसको उपचार भनेकै मुख्य गरी औषधि उपचार नै हो । चिकित्सकको सम्पर्कमा रहिरहनु अत्यावश्यक हुन्छ । त्यस्तै कतिपय अवस्थामा स्वहेरचाह र पारिवारिक चिकित्सा पद्धति पनि अपनाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?