मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भुटेको चना खानुका यति धेरै फाइदा

हामी चनाको प्रयोग प्रायजसो तरकारी बनाउन प्रयोग गर्छौ । चनालाई भिजाएर पकाएर यसको रस बनाएर खानासँग खाने गर्छौ ।

तर यसरी भिजाएको चना सँगसँगै भुटेको चनाको सेवन गर्नु स्वास्थ्यका लागि एकदमै फाइदाजनक मानिन्छ । भुटेको चनामा पाइने पोषक तत्त्वले विभिन्न रोगसँग लड्ने क्षमता प्रदान गर्छ । यसबाट पाइने फाइदाहरू यस प्रकार छन् । 

–चनामा प्रोटिन, क्याल्सियम, आइरन, कार्बोहाइड्रेट र फाइबर जस्ता पोषक तत्त्व पाइन्छन्, जसले शरीरलाई स्वस्थ राख्ने काम गर्छ ।

–भुटेको चना खाँदा शरीरको कमजोरी टाढा भाग्छ । साथमा यसलाई नियमित खाँदा रोग प्रतिरोधात्मक क्षमता पनि बलियो हुन्छ । शरीरको इम्युनिटी बढ्छ ।

–भुटेको चना खाँदा पेटसँग जोडिएका समस्या कम हुन्छन् । यसमा हुने तत्त्वले कब्जियत, अपच र ग्यासको समस्या पनि कम गर्छ ।

–बिहान नास्तामा भुटेको जना खाँदा रगत सफा हुन्छ । यसमा हुने पोषक तत्त्वले रगतलाई छान्ने काम गर्छ । साथमा यसलाई खाँदा शरीरको फोहोर पनि बाहिर निस्कन्छ ।

–भुटेको चना तौल कम गर्न खोजिरहेका व्यक्तिका लागि पनि एकदमै राम्रो आहार हो । नास्तामा अन्य तारेको चिल्लो चिजको साटो भुटेको चना सेवन गर्न सकिन्छ ।

–भुटेको चना नियमित खानु पुरुषका लागि पनि फाइदाजनक हुन्छ । यसले स्पर्म काउन्टलाई बढाउन सहयोग गर्छ । साथमा यसले स्पर्मको गुणस्तर पनि वृद्धि गर्छ ।

–पोषणविद्का अनुसार भुटेको चनाले पेटको समस्या कम गर्न र रगतमा सुगरको मात्रा नियन्त्रण गर्न फाइदाजनक हुन्छ । अर्कोतर्फ यदि तपाईँ तौल घटाउने प्रयास गर्दै हुनुहुन्छ भने यसको नियमित सेवनले तपाईँलाई फाइदा दिन सक्छ ।

–मधुमेहका रोगीहरूलाई सन्तुलित आहार रोज्न गाह्रो हुन्छ । त्यस्ता मानिसहरूका लागि भुटेको चना खानु राम्रो विकल्प हुन सक्छ । यो कम ग्लाइसेमिक इन्डेक्स आहार भएकोले यसको सेवनले रगतमा चिनीको मात्रा बढाउँदैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?