मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महिनावारीको समयमा खानुहोस् यस्ता खानेकुरा

महिनावारीको समयमा कतिपयलाई अत्यधिक पिडा हुने गर्छ । पेट दुख्ने, अत्यधिक रक्तस्राव हुने जस्ता समस्याहरू हुन्छन् । र कतिपयलाई भने अवस्था सामान्य नै हुन्छ ।

उनीहरू अघिपछि जस्तै नर्मल नै हुन्छ । यस्तो अवस्थामा हुने सामान्यदेखि अधिक दुखाइबारे महिलाहरू जानकार नै छन् । यो बेलामा ढाड, पेट, शरीर दुख्ने मात्र नभई कसैलाई त रिँगटा चल्ने बान्ता हुने समस्या समेत हुने गर्छ । दुखाई कम गर्ने औषधि नखाई हिँडडुल गर्नै नसक्ने समस्या समेत हुन्छ ।

त्यही कारणले महिनावारीको अवस्थामा कस्ता खानेकुरा खान हुन्छ र कस्ता खानु हुँदैन भन्नेबारे पनि धेरैलाई अन्योल हुने गरेको छ । आउनुहोस् आज यो विषयमा हामी केही जानकारी गराउँछौ । महिनावारीको अवस्थामा हुने दुखाई कम गर्न खानपानमा पनि  विशेष ध्यान पुर्‍याउनुपर्ने स्त्रीरोग विशेषज्ञहरू बताउँछन् ।

महिनावारीको समयमा अमिलो खानु हुँदैन रक्तस्राव बढी हुन्छ भन्ने भ्रम रहिआएको छ । तर यसमा कुनै सत्यता छैन ।

कागतीमा पाइने ‘भिटामिन सी’ ले दुखाई कम गर्न मद्दत गर्नुको साथै शरीरमा लौहतत्व अर्थात् आइरनको मात्रा बढाउँछ ।

महिनावारीमा महिलाको शरीरमा आइरनको कमी हुने भएकाले कागती खानु अति फाइदाजनक हुन्छ । महिनावारीको बेला थोरै चिनी राखेको वा चिनी नै नराखेको तर अदुवा राखेको चिया पिउनु राम्रो हुन्छ ।

यसले दुखाई कम गर्न मद्दत त गर्छ नै त्यससँगै बान्ता हुने, टाउको दुखाई पनि कम गर्छ । त्यस्तै क्यामोमाइल चिया पनि पिउन सकिन्छ ।

यस्तै केरामा प्रशस्त मात्रामा फाइवर हुने भएकोले केरा खानु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । यसका अतिरिक्त केरामा म्याग्नेसियम पनि पर्याप्त पाइन्छ जसले दुखाई कम गर्न मद्दत गर्छ । यसैगरी सुन्तलामा पनि भिटामिन सी प्रशस्त मात्रामा हुन्छ । जसले महिनावारीको समयमा हुने पिडालाई कम गर्न मद्दत गर्छ ।

खरबुजा पनि महिनावारीको समयमा खानु उपयुक्त हुन्छ । खरबुजामा पाइने भिटामिन र खनिजले दुखाई कम हुनुको साथै आनन्दको अनुभूति गराउँछ । महिनावारी हुँदा शरीरबाट रगत बग्ने गर्दछ। जसकारण शरीरमा आइरनको कमी हुने गर्छ। त्यसैले हरियो सागपातमा आइरनको मात्रा बढी भएको हुने हुँदा यो सेवन गर्नु उपयुक्त हुन्छ। त्यसै गरी ताजा फलफूलको सेवन गर्नु पनि फाइदाजनक मानिन्छ ।

विशेष गरी केरा,भुईकटर, किवी आदि। यी फलफूलहरूमा भिटामिन, पोटासियम र फाइबरको मात्रा बढी हुने भएकाले यसको सेवन गर्दा उपयुक्त हुन्छ ।अण्डामा भिटामिन बी ६, भिटामिन ई, र भिटामिन डी र प्रोटिनको मात्रा बढी हुने हुँदा यसले महिनावारीबाट हुने दुखाइलाई सहन मद्दत गर्छ ।

त्यसैगरी कखुराको मासु र माछामा पनि प्रोटिनको मात्रा बढी हुँदा यो सेवन गर्दा फाइदाजनक हुन्छ ।महिनावारीको बेला डार्क चकलेट खानु उपयुक्त रहेको पाइएको छ। डार्क चकलेटमा म्याग्नेसियम,कपर र फाइबरको मात्रा बढी हुन्छ जसको सेवन गर्दा दुखाइमा सहजता पुर्‍याउन मद्दत गर्दछ।

अन्य खाने कुराहरू जस्तै बदाम, गेडागुडीहरू प्रशस्त मात्रामा खाँदा फाइदा हुने देखिन्छ। त्यसैगरी महिनावारी हुँदा खानै नहुने कुराहरू जस्तै दूध राखेको चिया, कफी, जङ्क फुड, रेड मिट, मदिरा आदि हुन्।

सकेसम्म चिनीजन्य खाने कुराहरू पनि नखाएको राम्रो मानिन्छ। यसले शरीरमा झनै जटिलता बढाउने काम गर्दछ। महिनावारी हुँदा शरीरलाई अत्यन्तै भिटामिन युक्त खाने कुराको आवश्यकता पर्दछ। त्यसैले भिटामिन युक्त खाने कुराहरू मात्र खान उचित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?