काठमाडौँ – अत्यधिक मदिरा सेवन गरेर विमानस्थल पुगेपछि गायक राजेश पायल राईको दुबई उडान रद्द भएको छ । उनी साङ्गीतिक कार्यक्रममा लागि दुबई जान लागेका थिए ।
तर, अत्यधिक मदिरा सेवन गरेर बोर्डिङ पास भएपछि जहाजमा होहल्ला गरेका कारण फ्लाई दुबईले प्रहरीको जिम्मा लगाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजदत्त जोशीले जानकारी दिए ।
जहाजमा मदिरा सेवन गर्न पाइने भए पनि अन्य यात्रुसँग होहल्ला गर्न नपाइने नियम रहेको र त्यो नियम राईले उल्लङ्घन गरेकाले जहाजले फिर्ता पठाएको जोशीले बताएका छन् ।
उनी आजको कार्यक्रमका लागि दुबई जान हिजो राती ८ बजे विमानस्थल पुगेका थिए । तर मदिरा सेवनका कारण उनको उडान रद्द भयो भने उनलाई छोडेर जहाज दुबई उड्यो ।
यद्यपि मदिराको नसा कम भएपछि राई अर्को जहाजमा पुनः बोर्डिङ गरेर जान सक्ने प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया