मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चिनीको सट्टा खानुहोस् यी तीन चीज, हुन्छ यति धेरै लाभ

चिनीको प्रयोग हामी बिशेषगरी चिया बनाउन प्रयोग गर्छौ । साथै गुलिया मीठा परीकारहरूका लागी पनि चिनीको प्रयोग गरिन्छ ।

तर आवश्यकताभन्दा धेरै चिनीको सेवन स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । अझ मधुमेह भइसकेपछि त गुलियो चिज खान बन्द नै गर्नुपर्ने हुन्छ ।

अन्यको तुलनामा चिनीको गुलियो  सबैभन्दा हानिकारक हुन्छ । यसकारण चिनीको सट्टामा अन्य गुलिया चिजहरू प्रयोग गर्नु  स्वास्थ्यवर्द्धक हुन्छ ।

तपाईंले चिनीको स्थानमा अन्य मिठा चिजको प्रयोग पनि गर्न सक्नुहुन्छ । चिनीको स्थानमा तपाईँ सख्खर अर्थात गुडको प्रयोग गर्न सक्नुहुन्छ ।

गुड गुलियो हुनुका साथै, यसमा आइरन, क्याल्सियम, पोटासियम, म्याग्नीज, म्याग्नेशियम जस्ता पोषक तत्त्व पनि हुन्छन् । त्यस्तै, स्वास्थ्यका लागि कोकोनट सुगर पनि एउटा राम्रो विकल्प हो ।

तर, यो त्यति सजिलै बजारमा पाइँदैन । त्यसैले तपाईँ प्राकृतिक महको प्रयोग गर्न सक्नुहुन्छ । महमा भिटामिन सी, बी, एन्टीअक्सीडेन्ट जस्ता गुणहरू पाइन्छन् ।

यो  गुलियो हुनुका साथै स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । चिनी बाहेक यी चीज मिठोका लागि खानु फाइदाजनक हुन्छन् ।

तर, यी पनि सीमित मात्रामा नै खानु पर्छ । तपाईँले अत्यधिक गुलियो सेवन गर्नहुन्छ भने  मधुमेह तथा मोटोपनको समस्या निम्तन सक्छ । यसकारण समयमै संयमता अपनाउनुहोस् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?