मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विकिलिक्सका संस्थापक जुलियन असान्ज अष्ट्रेलिया पुगे

काठमाडौँ – विकिलिक्सका संस्थापक जुलियन असान्ज आफ्नो देश अष्ट्रेलिया पुगेका छन् । विमानबाट ओर्लने बित्तिकै उनले आफ्नी श्रीमती र बुबालाई अँगालो हालेका थिए । असान्ज १४ वर्ष लामो कानुनी लडाइँपछि रिहा भएका हुन् ।

अमेरिकासँगको सम्झौता अनुसार जुलियन असान्जले अमेरिकी अदालतमा आफ्नो अपराध स्वीकार गर्नुपरेको थियो ।

अमेरिकी सरकारले असान्जलाई ६२ महिनाको जेल सजायको माग गरेको थियो । न्यायाधीशले यो मागलाई स्वीकार गरेर सजाय दिने भए पनि उनले बेलायतको जेलमा सो सजाय काटिसकेको हुनाले उनी रिहा भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?