मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अवार्डहरुमा ‘ओपेनहाइमर’को दबदबा,’क्रिटिक्स च्वाइस’मा पनि वर्चस्व

काठमाडौँ – क्रिस्टोफर नोलनको फिल्म ‘ओपनहाइमर’ले २९ औँ क्रिटिक्स च्वाइस अवार्डमा सर्वश्रेष्ठ फिल्मको अवार्ड हात पारेको छ ।

अवार्ड सिजन सुरु भएसँगै हलिउडमा दबदबा काय राखेको यो फिल्मले गोल्डेन ग्लोब्सपछि यो अवार्ड जितेको हो ।

क्रिटिक्स र गोल्डेन ग्लोबमा शीर्ष विधा जितेसँगै ‘ओपेनहाइमर’ले ओस्कारमा पनि वर्चस्व स्थापित गर्ने अपेक्षा गरिएको छ ।

‘ओपेनहाइमर’ ‘ओस्कार अवार्ड’मा कुन कलाकार मनोनयनमा पर्न सक्छन् भन्ने कुराको संकेत गर्ने स्क्रिन एक्टर्स गिल्ड(साग) अवार्डमा समेत सर्वाधिक चार विधाको मनोनयनमा परिसकेको छ ।

हलिउड रिपोर्टर, भेराइटी लगायतका म्यागजिनले ‘ओपेनहाइमर’ले फिल्म र निर्देशक विधामा अवार्ड जित्ने प्रक्षेपण गरेका छन् ।

फिल्मले सर्वश्रेष्ठ फिल्म, निर्देशक, सहायक अभिनेतासहितका विधामा अवार्ड जित्यो । सर्वश्रेष्ठ कमेडी र गीतसहितका ६ विधामा ‘बार्बी’ले जित दर्ता गर्‍याे ।

उत्कृष्ट अभिनेत्री विधामा ‘पुअर थिंग्स’बाट एमा स्टोनले अवार्ड जितिन् । पल गियामट्टीले ‘द होल्डओभर्स’बाट सर्वश्रेष्ठ अभिनेताको पुरस्कार जिते । द बियर, सक्सेसन र बीफले टेलिभिजन विधातर्फका प्रमुख विधा जिते ।

अमेरिकाको सान्टा मोनिकामा आयोजित २९ औं क्रिटिक्स च्वाइस अवार्डको रेडकार्पेटमा दुआ लिपा, ट्रेसी एलिस रस, चाल्र्स मेल्टन, बिली एलिस लगायतका सेलिब्रेटी सहभागी भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?