काठमाडौँ– कान्तिपुर टेलिभिजनमा प्रशारित ‘इट्स माइ शो’ कार्यक्रमलाई लिएर नेपाल चलचित्र कलाकार संघले ध्यानाकर्षण गरेको छ । बुधबार संधका अध्यक्ष मोहन निरौलाले एक प्रेस विज्ञप्ति जारी गरी सो कार्यक्रमप्रति ध्यानाकर्षण गरेको हो ।
कार्यक्रममा सहभागी भएका कलाकारले अमर्यादित, अशोभनीय, गैर जिम्मेवारीपूर्ण अभिव्यक्ती दिएकोले संघले ध्यानाकर्षण गरेको सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘उक्त कार्यक्रममा सहभागी कलाकारको अभिव्यक्तिले नेपाली चलचित्र क्षेत्र, कलाकारिता पेशा, वर्ग र सामाजिक दायित्वमा आघात पुगेको हाम्रो ठहर छ’, सो विज्ञप्तिमा लेखिएको छ, ‘आफ्नो स्वतन्त्रता र अधिकारको प्रयोग गर्दा अरुको मान मर्दन गर्नु हुदैन भन्ने सामान्य मान्यतालाइ पनि उक्त अभिव्यक्तिले लत्याएको छ । एउटा सार्वजनिक कार्यक्रममार्फत अरुको अपहेलना गर्नु, मान मर्दन गर्नु न्यायसगत ठहर्दैन र हुदैन पनि ।’
संघले कलाकारहरु अभिव्यक्ति सचेतनाको लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘नेपाल चलचित्र कलाकार संघले आफ्ना सदस्य कलाकारहरुलाई यस्तै अभिव्यक्ति सचेतनाका लागि विभिन्न कार्यक्रम गर्दै आइरहेको छ। भर्खरै मात्र जेष्ठ २९ गते कलाकार र आम संचार विषयक विचार गोष्ठी संचालन गरेको हामी स्मरण गराउन चाहन्छौं।’ विज्ञप्तिमार्फत आगामी दिनमा यस्तो अभिव्यतिm नदिनको लागि समेत संघले कलाकारहरुलाई अनुरोध गरको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया