मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कसरी बढाउने ‘स्टामिना’ ? खानुस् यी खानेकुरा 

शरीरलाई चाहिने स्टामिना बढाउनका लागि कार्बोहाइड्रेट्स, भिटामिन सी, प्रोटिन र आइरन जस्ता तत्त्व चाहिन्छ । यी तत्त्वले तपाईँलाई दिनभरि तन्दुरुस्त राख्न मद्दत गर्छ । हामीले केही त्यस्ता खानेकुराका बारेमा भन्न गइरहेका छौँ, जसले गर्दा तपाईँमा स्टामिना थपिन्छ ।

केरा

तपाईँले बिहान एउटा केरा खाने गर्नुभयो भने तपाईँमा रोग प्रतिरोधक क्षमता बढ्छ र शरीरलाई ऊर्जा मिल्छ । साथै तपाईँलाई दिउँसो पनि आलस्य लाग्यो भने केरा खाने गर्नुस् । यसले फाइदा पुर्‍याउँछ ।

चुकन्दर रस

तपाईँले दैनिक चुकन्दरको रस पिउँदा मांसपेशीहरू बलिया हुन्छन् अनि शरीरले ऊर्जा पाउँछ ।

मुँगीको दाल

मुँगीको दाल उमालेर वा अङ्कुरित गरेर खाँदा स्टामिना बढ्छ । भिटामिन सी र बी ले भरपुर मुँगीको दाल सेवन गर्दा स्वास्थ्यलाई फाइदा पुग्छ ।

बदाम

बदाममा क्याल्सियम, फाइबर, प्रोटिन र पोटासियम पाइन्छ । यसको सेवनले स्मरण शक्ति बढ्छ । यसबाहेक खाली पेटमा भिजाएर सात/आठ वटा बदाम खाँदा फाइदा पुग्छ ।

उम्रेको चना

बिहान दैनिक जसो खाली पेट अङ्कुरित चना खाँदा स्वास्थ्यलाई फाइदा पुग्छ । तीस ग्राम टुसा पलाएको चना खाँदा शरीरमा प्रोटिन, भिटामिन र पोषक तत्त्वको पूर्ति हुन्छ र स्टामिना बढ्छ ।

दाल

दाल तपाईँको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । दिनभरि आफूलाई ऊर्जाशील राख्न चाहनुहुन्छ भने बिहानको खानामा दाल खाने गर्नुस् । यसले तपाईँलाई ऊर्जाशील बनाउनुका साथै पेटको रोगबाट पनि फाइदा पुर्‍याउँछ ।

पालुङ्गो

स्टामिना बढाउनकालागि पालुङ्गोको सूप, जुस वा सागपात खानु पनि फाइदाजनक हुन्छ । दिनबाट एक चोटि पालुङ्गोको सूप वा जुस पिउने हो भने यसले तपाईँलाई ऊर्जा दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?